काठमाडौं । जन्मदिनको अवसरमा पारेर दोलखाका एक सफल व्यवसायी शान्तकुमार जिरेलले दुर्मुस–सुन्तली फाउण्डेशनलाई नगद ५१ हजार एक सय ५० रुपैँया सहयोग गरेका छन् ।
चितवनमा निर्माणधिन अवस्थामा रहेको नेपालकै एकमात्र अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोगार्थ दोलखा चरिकाट निवासी जिरेलले राजधानीमा एक कार्यक्रमका बीच विहिबार हस्तान्तरण गरेका हुन् ।
रकम हतान्तरण कार्यक्रममा संवोधन गर्दै फाण्डेशनका संयोजक सिताराम कट्टेल ‘धुर्मुस’ले सारा नेपालीको सपना साकार पार्न विभिन्न आरोह अवरोहकाबीच आफु लागिरहेको बताए ।
जिरेललाई जन्मदिनको शुभकामना दिदै उनले अवको तीन महिना भित्र रंगशाला निर्माणको काम सम्पन्न हुने बताए ।
सारा नेपालीले रंगशाला निर्माणका लागि देशविदेशबाट सहयोग गरिरहेकाले ग्राउण्ड लेबलको काम ७० प्रतिशत सम्पन्न भइसकेको ‘धुर्मुस’ले जानकारी दिए ।