Monday, January 25, 2021
Home > mophosala > इजरायलमा कुनै दलको बहुमत आएन, चौथो आमनिर्वाचनको सम्भावना

इजरायलमा कुनै दलको बहुमत आएन, चौथो आमनिर्वाचनको सम्भावना

एजेन्सी तेल अभिभ, फागुन २२

एक वर्षमा भएको तेश्रो आमनिर्वाचनको परिणाले पनि इजरायलको राजनीतिक गाँठो नफुकाउने देखाएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले सोमबार सम्पन्न संसदको आमनिर्वाचनमा ३६ स्थान जितेर संसदभित्र सबैभन्दा ठूलो दल बने पनि स्पष्ट बहुमत जुटाउन नसक्दा इजरायलको राजनीतिक अस्थिरता बढ्ने देखिएको हो।

पछिल्लो निर्वाचन परिणामपछि पनि नेतन्याहू सरकार बनाउन सफल नहुने भएका छन्।

इजरायलको संसद १२० सदस्यीय रहेको छ, र बहुमतको सरकार गठन गर्न ६१ स्थान आवश्यक पर्दछ।

यस निर्वाचनमा लिकुड पार्टी र उसको गठबन्धनले कूल ५८ सिट जितेका छन्, जुन सरकार गठनका लागि आवश्यक सिट संख्याभन्दा ३ सिटले कम हो।

बहुमतका लागि तीन स्थान नपुगेकोले लिकुड पार्टीले अरु दलसँग आबद्ध सांसदहरुलाई सरकारमा सहभागी हुन आह्वान गरेको छ तर यसको सम्भावना हाललाई कम छ।

लिकुड पार्टीका प्रवक्ता जोनाटन उरिचले संचार माध्यमसँग कुरा गर्दै विपक्षी बेन्नी गान्जले सरकार गठन गर्न नसक्ने परिस्थिति रहेकाले आफूहरुलाई समर्थन गर्न अन्य दलका सांसदहरु समक्ष आग्रह सहित छलफल गरिरहेको बताए।

उनले अन्य दलका चारदेखि छ जना सांसदसँग कुराकानी भइरहेको बताए।

लिकुड पार्टीले केही दिनभित्रै सरकार गठन गर्न दाबी प्रस्तुत गर्ने उनले बताए।

तर, इजरायलका पूर्व सैन्य प्रमुख बेन्नी गान्जले राष्ट्रिय एकताको सरकार निर्माणका लागि प्रयास गर्ने बताएका छन्।

हालकै अवस्थामा सरकार गठनका लागि नेतन्याहु र गान्जको पार्टी बीच शक्ति बाँडफाडमा सहमति भए सरकार गठन हुनसक्छ। तर ठुलो दल भएको भन्दै नेतृत्वमा नेतन्याहुकै दाबी रहने हुनेले त्यसको सम्भावना देखिदैंन।

दुबै दलले यस्तो बताउँदै नआएपनि कुने सहमति हुने नदेखिएको बताइन्छ। यसो भएमा इजरायलसँग चौथो आम निर्वाचनमा जानुको विकल्प हुनेछैन।

Leave a Reply