मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीको स्वास्थ्यबारे अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी लिएका छन्।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर प्रचण्डले मंगलबार साँझ प्रधानमन्त्री ओलीलाई भेटेका हुन्।
दुई अध्यक्षबीच करिब १५ मिनेट कुराकानी भएको थियो।
भेटमा प्रधानमन्त्रीले आफू मिर्गौला प्रत्यारोपणका लागि पूर्ण रूपमा तयार रहेको बताएका थिए।
निर्धक्क भएर उपचार गर्न प्रचण्डले ओलीलाई भनेको प्रचण्डको निजी सचिवालयले जनाएको छ।
सामान्य रुघा लागेका कारण प्रचण्ड पनि खुमलटारस्थित निवासमै आराम गरेर बसेका थिए। मंगलबार भने उनी प्रधानमन्त्री भेट्न अस्पताल पुगेका हुन्।
प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ।
सेतोपाटिबाट साभा