काठमाडौं । नेता रामचन्द्र पौडेल पक्षधरको विरोधकै बीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि केन्द्रीय विभाग गठन गरेका छन् ।
देउवाले सोमबार कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम थप ७ केन्द्रीय विभागहरुको प्रमुख मनोनयन गरेका हुन् । विभागको जिम्मेवारी पाउने सबै केन्द्रीय समितिमा रहेका नेताहरु हुन् ।
काँग्रेस विधानमा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र विभागलाई पूर्णता दिनुपर्ने उल्लेख छ। पुस ११ गतेको केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीका विभागको संख्या २८ बाट बढाएर ४७ पुर्याउने निर्णय गरेको थियो। काँग्रेस विधानमा २८ वटा विभाग हुने व्यवस्था छ। देउवाले आगामी महाधिवेशन वा महासमितिबाट अनुमोदन गर्नेगरी विभागको सख्या ४७ पुर्याउने निर्णय गरेका थिए।
पौडेल समूहले महाधिवेशनको मिति सार्वजनिक भएपछि आचारसंहिता लागेको भन्दै विभाग गठन भए कानुनतः खारेज हुने बताउँदै आएको छ। काँग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने मिति कार्यतालिकासहित सार्वजनिक गरिसकेको छ।
रातोपाटिबाट साभार