एजेन्सी
महाथिर मोहम्मदको आकस्मिक राजीनामापछि सृजना भएको राजनीतिक अस्थिरताबीच मलेसिायले नयाँ प्रधानमन्त्री पाएको छ । भ्रष्टाचारको आरोप लागेको पूर्व सत्तारुढ पार्टीको समर्थनमा मुहिद्दिन यासिनलाई राजाले प्रधानमन्त्रीको रुपमा सपथ खुवाएका हुन् ।
९४ वर्षीय महाथिरले मुहिद्दिनको नियुक्तिलाई गैरकानुनी र धोका भएको बताए । उनले संसदमा मुहिद्दिनको समर्थनलाई चुनौती दिने पनि बताए ।
तर, गत हप्ता उनले अनवरसँगको गठबन्धन तोड्दै राजीनामा दिएपछि राजनीतिक अस्थिरता देखिएको थियो । उनको यो कदम उनकै लागि प्रत्युत्पादक बन्यो । अनवर आफै प्रधानमन्त्रीको रेसमा होमिए भने मुहिद्दिन गठबन्धन निर्माणतिर लागे ।
‘यो निकै अनौठो हुँदैछ… हारेकाले सरकार बनाउँदैछ भने जितेका प्रतिपक्षमा बस्नुपर्नेछ,’ महाथिरले भने ।