Wednesday, January 27, 2021
Home > special_three > मधेशमा उत्तेजना फैलाउदै ओली, मधेशी मोर्चाको आन्दोलनमा प्रतिकार गर्ने चेतावनी

मधेशमा उत्तेजना फैलाउदै ओली, मधेशी मोर्चाको आन्दोलनमा प्रतिकार गर्ने चेतावनी

काठमाडौं । सरकार स्थानिय तहको निर्वाचनको घोषणा गरिसकेको अवस्थामा निर्वाचन अभियान संचालन गर्दै मुलुकलाई निर्वाचनमय बनाउनुपर्नेमा मुख्य विपक्षी दल भने संविधान प्रति असंतुष्टी जनाउदै आन्दोलनमा रहेको मधेशी मोर्चासंग सिगौंरी खेल्ने तयारी सुरु गरेका छन् । एमालेले सुरु गर्न लागेको मेची– महाकालि अभियानका नाममा मधेशी मोर्चासंगै सिगौंरी खेल्ने तयारीमा एमाले लागेको धेरैले अनुमान गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको आसन्न मेची–महाकाली मधेस केन्द्रित अभियानमा अवरोध नगर्न चेतावनी दिएसंगै ओली निर्वाचनको वातावरण बनाउने भन्दा पनि मधेशमा उत्तेजना फैलाउने लागेको निष्कर्षमा राजनीतिक विश्लेषकहरुले गर्न थालेका छन् ।

सरकारले आउँदो वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन गर्ने घोषणापछि मधेशी मोर्चाले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको भोलिपल्ट मंगलबार ओलीले मोर्चाप्रति लक्षित गर्दै एमालेले यही फागुन २१ गतेदेखि सुरु गर्न लागेको मेची–महाकाली मधेस केन्द्रित अभियानमा अवरोध गरे प्रतिकार गर्ने भन्दै मधेशमा उत्तेजना फैलाउने लागेका छन् । मधेस केन्द्रित अभियानका लागि पार्टी कार्यालयमा स्थापना गरिएको छुट्टै कार्यालयको मंगलबार उद्घाटन गर्दै अध्यक्ष ओलीले भने, ‘हाम्रो पूर्व निर्धारित कार्यक्रममा कसैले भाँझो नहालौं । यदी कसैले भाँझो हाल्छ भने एमालेले त्यसको सशक्त प्रतिकार गर्छ ।’

उक्त अभियान मधेसमा एमालेका बारेमा फैलाइएको भ्रमहरु चिर्नका लागि केन्द्रीत रहने उनले बताए । साथै पार्टीले निर्धारण गरेको कार्यक्रममा पनि सहभागी हुन, आ–आफ्नो जिम्मेवारी पूरा गर्न र आ–आफ्नो क्षेत्रमा सभा जुलुस गर्न नगरपालिका, वडा र गाविस तहका सबै कार्यकर्तालाई अध्यक्ष ओलीले निर्देशन समेत दिए ।

उता मधेशी मोर्चाले समेत मंगलवार देखि नै मधेशमा आन्दोलन घोषणा गरेको छ । मधेशी दलहरुलाई सहमतिमा ल्याएर निर्वाचनमा जानुको साटो निर्वाचनको वातारण बिर्गार्ने तर्फ ओली लागेको आशंका गर्न थालिएको छ । मधेशी मोर्चाले बुधवार मधेश बन्दको आयोजना गरेको छ भने २५ गते सम्म भण्डाफोर कार्यक्रम घोषणा गरेको छ ।

Leave a Reply