Monday, January 25, 2021
Home > mophosala > कोषाध्यक्ष पाण्डेको अगुवाईमा कास्किमा वितरण गरियो वृद्धा आमाहरुलाई न्यानो कपडा

कोषाध्यक्ष पाण्डेको अगुवाईमा कास्किमा वितरण गरियो वृद्धा आमाहरुलाई न्यानो कपडा

कास्की । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कास्की जिल्ला कोषा अध्यक्ष तथा वि पि अध्ययन प्रतिष्ठान गण्डकी प्रदेश अध्यक्ष लक्ष्मी पाण्डेको प्रमुख आथित्यमा पोखराको मौजा र भलामका वृद्ध आमाहरलाई न्यानो कपडा वितरण गरियको छ ।

वडा सभापति तिल बहादुर गुरुङको सभापतित्वमा संचालन गरियको न्यानो कपडा वितरण कार्यक्रमका संयोजक तारा तिमिल्सिना र सदस्य स्वतन्त्र गौतम लगायतका अन्य विशिष्ट व्याक्तिहरुको सहभागितामा वितरण गरियको थियो ।

समाजसेवि तथा कृयाशिल अभियान कर्ता एवं सकृय नेता पाण्डे यस्तै समाजसेवाका काममा अहोरात्र खटिराख्ने एक बौद्धिक व्याक्तित्व हुन। उनका अनुसार उक्त कपडाहरु करिव एक लाख बीस हजारको रहेको थियो।

गरिव तथा विपन्न वृद्धा आमाहरुलाई हिजो आजको कठाङ्ग्रीने जाडोलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरियको समाजसेवि पाण्डेले पलपलखवरलाई बताईन। उनका अनुसार यी र यस्था कामहरु यसअघि पनि गरियको र पछि फेरि पनि जोडतोडका साथ गरिदै जाने भनाई थियो।

 

 

Leave a Reply