हङकङ । वि पि अध्ययन प्रतिष्ठान नेपाल हङकङ शाखाले नेपालका महिला अधिकारकर्मी, संचारिका समूहकि महासचिव तथा प्रांगरीक साहित्यकार (आख्यान, कबिता) मा सुपरिचित नारी हस्ताक्षर आदाङ्मा बिमला तुम्खेवाजिलाई सम्मान गरेको छ ।
तुम्खेवाजिको अनवरत साहित्य तथा सामाजिक अभियान यात्रामा निरन्तरताको कामना गर्दै एक कार्यक्रमको आयोजना गरि उनलाई सम्मान गरेको हो।
उनले साहित्य क्षेत्रमा व्यापक योगदान गरेका कारण सम्मान गरियको वि पि अध्यन प्रतिष्ठान हङकङका अध्यक्ष मोति चामलिङले पलपलखवरलाई जानकारि गराय कार्क्रममा वि पि अध्ययन प्रतिष्ठानका अन्य कार्य समितिका सदस्यहरुको र हङकङ स्थित अरु नेपालीहरु पनि सहभागी थिए।