Monday, January 25, 2021
Home > mophosala > हेलिकप्टरबाटै कालापानी क्षेत्र अवलोकन गरेर फर्किए उपप्रधानमन्त्री पोखरेल

हेलिकप्टरबाटै कालापानी क्षेत्र अवलोकन गरेर फर्किए उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलले कालापानी क्षेत्रको अवलोकन गरेका छन्।

सोमबार विहान नेपाली सेनाको हेलिकप्टरबाट मन्त्री पोखरेलले सीमा क्षेत्रको अवस्थाबारे अवलोकन गरेका हुन्।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार रक्षामन्त्री पोखरेलसहित प्रतिनिधिसभा र प्रदेशका सांसदहरूको संयुक्त टोलीले सीमा क्षेत्रको अवलोकन गरेका हुन्।

‘व्यास गाउँपालिकामा पर्ने कालापानी क्षेत्र मन्त्रीसहितको टोलीले अवलोकन गर्नुभएको हो,’ प्रजिअ पौडेलले सेतोपाटीसँग भने, ‘नेपाली सेनाको हेलिकप्टरबाटै सीमा क्षेत्र अवलोकन गरियो। बाक्लो हिउँ भएकोले सीमा क्षेत्रमा हेलिकप्टर अवतरण गर्न सकिएन।’

उक्त टोलीमा प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदुरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशी बडाल, प्रदेशसभा सांसद मानबहादुर धामीलगायत दश जनाले हेलिकप्टरबाटै सीमा क्षेत्र अवलोकन गरी फर्केका हुन्।

नेपालका भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा समावेश गरेपछि नेपालले विरोध गर्दै आएको छ।

‘यहाँबाट कालापानी १० मिनेटमै पुगिन्छ,’ प्रजिअ पौडेलले भने, ‘करिब ४५ मिनेट हेलिकप्टरबाटै सीमा क्षेत्र र त्यहाँ निर्माण गरिएका सडक अवलोकन गरिएको हो।’

प्रजिअ पौडेलका अनुसार उपप्रधानमन्त्री पोखरेल हेलिकप्टरमै दार्चुलाबाट काठमाडौं उडिसकेका छन्।

सेतोपाटिबाट साभार

Leave a Reply