Sunday, January 24, 2021
Home > mophosala > भुमि नै फिर्ता गर्छौ नक्साको के कुरा; प्रधानमन्त्री ओली

भुमि नै फिर्ता गर्छौ नक्साको के कुरा; प्रधानमन्त्री ओली

काठकान्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मिचिएको भूमि फिर्ता ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

प्रतिनिधि सभामा सरकारको दुई वर्षे प्रगति विवरण सार्वजनिक गर्ने क्रममा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सरकारले नेपालको भूभाग कुनै हालतमा नछोड्ने प्रष्ट पारे ।
नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सोधेको प्रश्नको जवाफ दिँदै उनले कालीनदीको मुहान, लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भएको तथ्य प्रमाणले देखाएको भन्दै ती भूमि फिर्ता ल्याउन नेपालले पहल गरेको बताए ।                                                                                                                                                                                                                                               उनले यसका लागि एकतर्फी वार्ताले नहुने भन्दै दुईतर्फी वार्ताको माध्यमबाट यसको समाधान गरिने उल्लेख गरे ।
उनले भने, ‘अहिले सरकार सार्वभौम, राष्ट्रियताको सवालमा, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको विषयमा कुनै सम्झौता गर्दैन । हामी भूभाग नै फिर्ता ल्याउने तयारीमा छनै भने नक्सा छाप्न के भयो र ? तूरुन्तै छाप्छौँ । कालापानीमा सीमा सुरक्षाको लागि विओपी स्थापना गर्ने तयारी भएको छ ।’

Leave a Reply