Tuesday, January 26, 2021
Home > mophosala > लुटिएका जग्गा आफ्नै सक्रियतामा फिर्ता ल्याउने काम भयो; प्रधानमन्त्री ओली

लुटिएका जग्गा आफ्नै सक्रियतामा फिर्ता ल्याउने काम भयो; प्रधानमन्त्री ओली

काठमान्डौ । नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणमा आफूलाई पनि मुछिएको आरोप लगाएका छन्।

‘ललिता निवास र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै भएकोले प्रधानमन्त्रीले नै बेचेर जग्गा खाएछ भनेजस्तो गरेर प्रचार गरियो,‘ शनिबार प्रतिनिधिसभा बैठक सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले लुटिएका जग्गा आफ्नै सक्रियतामा फिर्ता ल्याउने काम भएको पनि बताए। लुटिएको जग्गा फिर्ता ल्याउने आफैंलाई त्यसमा कैफियत छ जस्तो गरेर प्रचार गरिएको ओलीको भनाइ छ।

उनले चिनियाँ लोककथामा ड्रयागन प्रेमी युवाले ड्रयागन-ड्रयागन भनेजस्तै बालुवाटार जग्गा आरोपितमाथि अख्तियार द्दारा मुद्दा दायर भएपछि त्यस्तै प्रतिकृया आएको जनाए।

‘देखाउनेले दाग देखायो, किन रुवाबासी?‘ प्रधानमन्त्री ओलीले भने।

Leave a Reply