Sunday, January 24, 2021
Home > mophosala > केही सामाजिक अभियान्ताहरुले यसरी मनाय प्रेम दिवस

केही सामाजिक अभियान्ताहरुले यसरी मनाय प्रेम दिवस

काठमाडाैँ । १४ फेब्रुअरी अर्थात आज प्रेम दिवस । सबै युवायुवति तथा जोडिहरुले एक आपसमा प्रेम र उपहार साटासाट गरेर मनाउने दिन तर केही युवाहरुले भने फरक किसिमले मनाएका छन् ।

रिजन मडैको संयोजनमा केहि खाद्यान्न सामाग्री अनाथालयलाई हस्तान्त्रण गर्दै आश्चर्य पूण तवरले उनिहरुले प्रेम दिवस मनाएका हुन ।

कार्यक्रम अन्तर्गत ललितपुर भैसेपाटिमा रहेको रिन्यु फाउन्डेसन नेपालमा रहेका ४२ जना बालबालिकालाई केही खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

मायाँको अभावमा बाचेका अनाथ बालबालिकासँगै बसेर थोरै मायाको अनुभुति दिलाउन आफुले सक्ने सहयोग गरेर प्रेम दिवस मनाइएको अभियान्ता मडैले पलपलखवरलाई बताए ।

कार्यक्रममा प्रमुख अतिथि समाजसेवी नम्रता भण्डारीले प्रेम साट्न कुनै खास व्यक्तित्व र दिन समय हुनुपर्छ भन्ने मान्यतालाई तोड्दै आपसि सद्भाव र मायाँमानै प्रेम सफल हुने धारणा राखेकि थिईन । साथै आगामी दिनमा पनि वालबालिकाको लागि आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नरेन्द्र बिष्टले बालबालिकाको उत्तरोत्तर प्रगतिको कामना सहित अगामी दिनमा सस्थालाइ सहयोग संगै जुनसुकै समस्या पर्दा नि आफुले सहयोग गर्ने बाचा गरे ।

कार्यक्रममा नम्रता भण्डारी, नरेन्द्र बिष्ट, शान्ति बस्नेत, रिजन मडै, दिपेश धामी, गनेश साउद, राजु मैनाली, शर्मिला श्रेष्ठले आर्थिक सहयोग गरेका थिए । नम्रता भण्डारीको प्रमुख आथित्यता र नरेन्द्र बिस्टको विशिष्ट आथित्यतामा रहेको सो कार्यक्रममा थुप्रै अभियान्ताहरु उपस्थित थिए ।

Leave a Reply