Saturday, January 23, 2021
Home > mophosala > प्रेस युनियन काठमान्डौ शाखाको अध्यक्षमा जगन्नाथ दुलाल निर्वाचित

प्रेस युनियन काठमान्डौ शाखाको अध्यक्षमा जगन्नाथ दुलाल निर्वाचित

काठमान्डौ । प्रेस युनियन  जिल्ला कार्यसमिति काठमान्डौ को अध्यक्ष पदमा  जगन्नाथ दुलाल निर्वाचित भयका छन्।

माग २८ गते मंगलवार साँझ भयको निर्वाचनमा भारीमतको फरकमा दुलाल निर्वाचित भयका हुन भने उनका प्रतिदन्दि महेश्वर गौतम पराजित भयका हुन।

कुल ८४३ सदस्य रहेको काठमान्डौ शाखामा जम्मा ४७७ मत खसेको र २८५ दुलालको पक्षमा खसेको थियो भने गौतमको १९३ मत आयको हो ।

शाखाको उपाध्यक्ष खुलामा अच्युत रेग्मि,समावेसी उपाध्यक्षमा टुकामाया भन्डारी,सचिवमा अक्कलबहादुर कुँवर,सहसचिवमा सञ्चिता खनाल र कोषाध्यक्षमा निरास तामाङ निर्वाचित भएका हुन।

सदस्यमा मनोज भण्डारी,निर्मला धिताल,रोशन सापकोटा, नवराज भट्ट,प्रवीण श्रेष्ठ,घनश्याम श्रेष्ठ,लोकेन्द्र भट्ट र राधा ढुङ्गाना निर्वाचित भयको निर्वाचन समितिले जानकारी गरायो ।

नव निर्वाचित अध्यक्ष दुलालले लोकतन्त्रवादी पत्रकारलाई एकजुट बनाई श्रमजीवी पत्रकारको पक्षमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष दुलाल यस अघि प्रेस युनियन बागमति अन्चल समितिका सदस्य सचिव समेत रहेका दुलालले अध्यक्षमा दावि गरेका हुन।

विगत एक दशकदेखि पत्रकारितामा सक्रिय दुलाल हाल बाह्रखरी अनलाईनमा कार्यरत छन् । दुलालले हिमालय, माउन्टेन टेलिभिजन, कारोबार दैनिकमा समेतमा काम गरेका छन ।

नवनिर्वाचित अध्यक्ष दुलालले समजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका तथा कानुनमा समेत स्नातक गरेका छन् ।

 

Leave a Reply