काठमान्डौ । प्रेस युनियन जिल्ला कार्यसमिति काठमान्डौ को अध्यक्ष पदका लागि जगन्नाथ दुलालको चर्चा चुलियको छ ।
माग २८ गते मंगलवार हुन गई रहेको अधिवेशनमा यस अघि प्रेस युनियन बागमति अन्चल समितिका सदस्य सचिव समेत रहेका दुलालले अध्यक्षमा दावि गरेका हुन।
विगत एक दशकदेखि पत्रकारितामा सक्रिय दुलाल हाल बाह्रखरी अनलाईनमा कार्यरत छन् । दुलालले हिमालय, माउन्टेन टेलिभिजन, कारोबार दैनिकमा समेतमा काम गरेका छन ।
समजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका दुलालले कानुनमा समेत स्नातक गरेका छन् ।
बौद्धिकताले भरिपुण अर्थात विवेगसिल व्याक्तित्व दुलालका पक्षमा अधिकांश प्रतिनिधिहरुको साथ र सपोट रहेका कारण उनले उम्मेदवारीको धोषणा गरेका हुन।
मिति नजिकिँदै गर्दा अधिवेशन सम्पन्न गराउन प्रेस युनियन काठमाडौँ साखा तीब्र तयारीमा जुटेको अध्यक्ष नकुल अर्यालले बताए ।