Sunday, January 24, 2021
Home > mophosala > अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए, छ घाइते

अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए, छ घाइते

एजेन्सी                                                                  काबुल, माघ २६

अफगानिस्तानमा रहेका अमेरिकी सैनिकमाथि आक्रमण हुदाँ दुई जनाको मृत्यु भएको छ।

शनिबार अफगानिस्तानको नानगरहर प्रान्तमा अमेरिकी र अफगानी सैनिकबीचको संयुक्त अपरेशनका क्रममा आक्रमण भएको थियो।  आक्रमणमा  छ सैनिक घाइते भएका छन्।

अफगानिस्तानका लागि अमेरिकी सैनिक प्रवक्ता कर्नेल सोन्नी लेग्गेटका अनुसार एक व्यक्तिले अफगानी लुगा लगाएर ‘मेसिन-गन’ले अमेरिकी सैनिकमाथि गोलीबारी गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको र आक्रमणको कारण पत्ता नलागेको प्रवक्ता लेग्गेटले बताए।

मृतकको नाम २४ घण्टासम्म नखुलाउने र परिवारलाई बताइसकेपछि मात्रै खुलाउने बताइएको छ।

अफगानिस्तानमा झन्डै १३ हजार अमेरिकी सैनिक छन्।

Leave a Reply