Friday, January 22, 2021
Home > mophosala > अमेरिकी राजदूत र्‍याण्डी र नेकपा वरिष्ट नेता नेपाल बीच भेट, एमसिसी बारे छलफल

अमेरिकी राजदूत र्‍याण्डी र नेकपा वरिष्ट नेता नेपाल बीच भेट, एमसिसी बारे छलफल

काठमान्डौ । सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि अमेरिकाका राजदूत र्‍याण्डी डब्ल्यू बेरीबीच शिष्टाचार भेटघाट भएको छ।

नेता नेपालको निवास कोटेश्वरमा उनीहरुबीच भेटघाट भएको थियो।

नेता नेपालका स्वकीय सचिव नितेश पौडेलका अनुसार भेटमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का बारेमा पनि छलफल भएको थियो।

सो अवसरमा नेता नेपालले नेपालले कुनै पनि वैदेशिक सहयोग लिने भन्दै एमसिसी राष्ट्रिय हित अनुकूल भए स्वीकार गरेर अगाडि बढ्न सकिने राजदूत बेरीलाई बताए।

नेता नेपालले एमसिसी राष्ट्रिय हित विपरीत भए सच्चाउनुपर्नेमा जोड दिए। उनीहरुबीच दुई देशबीच द्विपक्षीय हित र समसामयिक राजनीतिक अवस्थाबारेमा छलफल भएको थियो।

Leave a Reply