देशभरका कलेजहरूमा ने बि संघमा आबद्ध आदरणीय साथीहरू ,
जय नेपाल
समय अत्यन्त गतिशील छ । समयको त्यही गति र लयलाई ज्ञान विज्ञान र प्रविधीले पनि अंगाली रहेको हून्छ। नयाँ पुस्ताका यूवा र विध्यार्थीहरू समयको त्यही गति अनुसार अगाडि बढ्न चाह किछन्छन् किनकि ऊनीहरू पनि त्यो समयको ज्ञान बिज्ञान र प्रबिधी संग अभ्यस्त छन् ।
तर परिस्थिति ऊल्टो छ र आफनो हातमा छैन । यो विपरीत परिस्थितिले अपेक्षित परिणाम दिन सक्दैन र निराशा उत्पन्न गराऊछ । समय संग परिस्थितिको गति मिल्न नसक्दा – ब्यक्ति , संगठन , समाज र देशले पिछडिनू पर्छ । हो समय संग गति मिल्न नसकेको त्यो परिस्थितिलाई लयमा ल्याऊने चाहना नै राजनीति हो र त्यसको बाहक बन्न खोज्ने ब्यक्ति हो नेता ।
माथी भूमिकामा उल्लेख गरीएको परिस्थितिको छायाकपी जस्तै अवस्थामा छ अहिले ने बि संघ लामो समय पछि नेतृत्व र आदा पदाधिकारी पाएकोमा केही खुशी सगै बाँकी पदाधिकारी र कार्य समितिको पुर्णता आजकाे अत्यन्तै आवश्यकता हाे ।
त्यसैले ने बि संघको हरेक सिपाहीले परिस्थितिलाई समयको लयमा गति मिलाउने नायकको रूपमा आफुलाई उभ्याउनु आवश्यक छ । स्वतन्त्र बिध्यार्थी यूनियनको निर्बाचन नेपथ्यमा आइ सक्यो , केन्द्रीय समितिले पुर्णता पाएको छैन । केन्द्रीय समितिको अभावमा निर्बाचन हुने कलेजहरूको संगठन अस्तव्यस्त छ ।
त्यस माथी गुटउपगुटको आत्मघाती पर्खाल संगठनलाई खण्डहर बनाउन उद्धत छ। यता हाम्रो यो अस्तव्यस्तताको बिचमा हाम्रो प्रतिस्पर्धी अखिल एकीकृत ऊर्जा र सताधारी पार्टीको रापताप सहित आफूलाई व्यवस्थित बनाएर लैजांदै छ ।
सम्पूर्ण कलेजका साथीहरूलाई संगठनको अस्तित्व र गरिमाको लागी दृढ इच्छाशक्तिका साथ अगाडि बढ्न निवेदन गर्दै सफलताको लागी हार्दिक शुभकामना व्याक्त गर्दछु लक्ष्मण शाही नेपाली काङ्ग्रेस संगठन विभाग प्रमुख तथा भातृसङ्गठन प्रमुख।
जय नेपाल,जय तरुण !!
नेता शाहीले ने.बि.संघ लाई स्ववियु निर्वाचन तयारीमा लाग्न बिशेष निर्देशन समेत दिनुभको थियो ।