Friday, January 15, 2021
Home > mophosala > क्रान्ति,सत्तासंकट र आत्मसमर्पणवाद; भिष्मकुमार शाही

क्रान्ति,सत्तासंकट र आत्मसमर्पणवाद; भिष्मकुमार शाही

१ पार्टीको लोकप्रियताले केपी सरकार संकटमा
नेपालमा चलेको महान जनयुद्ध केही मुख्य नेताहरुमाआएको विचलनताले प्रतिक्रान्तिमा रुपान्तरण भयो । जुन उदेश्य राखेर जनयुद्ध गरिएको थियो त्यो पुराहुन नसक्दा नेपालमा जनयुद्धका वाँकी कार्यभार पुरा गर्न नेकपा पुनर्गठित भयो र एकीकृत जनक्रान्तिको कार्यदिशामा वैज्ञानिक समाजवाद स्थापना गर्ने भन्यौं । किनकी संसदिय व्यवस्थाको विकल्प दलाल संसदिय व्यवस्था हुन सक्थेन । त्यसको विकल्प वैज्ञानिक समाजवाद भन्यौँ, हाम्रो पार्टीले दलाल संसदिय व्यवस्थाले पैदा गरेका समस्याहरुको जनताका सामु खुलस्त पार्नेकाम गर्यो,हामीले दलाल व्यवस्थाको भण्डाफोर गर्यौँ । समस्याको सहि विष्लेषण गर्यौं,यसको अन्त्यका लागि सहिप्रकारको रणनिती ,कार्यनिति तथा नेतृत्व तय गयौं यीनै कारणले हाम्रो पार्टीमाथि सामाजिक दलाल फाँसीवादी सरकारले प्रतिवन्ध लगायो,हामीले सैद्धान्तिक विरोधमात्र गरेनौ देश र जताता प्रति संसदिय दलालहरुले गरेको षड्यन्त्र र बेईमानीका विरुद्ध डटेर प्रतिरोध गर्यौं । उनिहरुले साम्राज्यवादीहरु प्रति गरेको गुलामी, एनसेलवाट घुस लिएर राजस्व ठगि गर्ने भ्रस्ट कम्पनिसँग गरिएको राष्ट्रघात,माथिल्लो कर्णाली,अरुण तेस्रो,कोसी उच्चवाँध, माथिल्लो मस्याङ्दी २,सिमा अतिक्रमण, जनताको अधिकार बन्चीत गर्ने कथित संसदिय चुनाव बहिस्कार गर्यौं । केही दलाल नेताहरुको चुनाव प्रचार गर्न प्रतिवन्ध लगायौं र एमसीसी परियोजना लगाएत तमाम् राष्ट्रघातहरु खारेज गर्न दबाव् दिँदै शसक्त प्रकारका प्रतिरोध संघर्ष गर्यौं । यीनी थप कारणले पनि दलाल सरकारले हाम्रो पार्टीलाई प्रतिबन्ध लगायो देशैभरि झण्डै एकहजार वरिपरि हाम्रा नेता कार्यकर्ताहरुलाई यो दलाल सरकारले गिरप्तार गरि जेल हालेको छ तर कुनैपनि नेताकार्यकर्ता माथि यो सत्ता परिवर्तनको लागि लडेको,जनताको सत्ता माग गरेको,भ्रष्टाचारको अन्यको माग गरेको,तस्करी,मिटर व्याजीका विरुद्ध सैघर्ष गरेको,असमान सन्धि सम्झौताहरु खारेजको माग गरेको,करछली गर्ने कम्पनिहरुलाई कर तिर्न दबाव दिएको यी तमाम् कारणले हामीले नेताकार्यकर्ताहरु गिरम्तार गरेको हो भन्ने नैतिक तागत छैन । यो दलाल सरकारको अलिकति पनि नैतिक्ता हुन्थ्यो भने यसले हाम्रा क्रातिकारी नेताकार्य कर्ताहरुलाई आतंकवादी, हातहतियार खरखजना जस्ता झुटा मुद्धामा लगाउदैन थियो यतिसम्मको घटिया व्याबहार गर्यो की पक्राउ पर्ने वित्तिकै झोलामा आफै वम राखिदिने,आफैले हतियार भिडाएर फोटा खिच्ने अनि मुद्धा दर्ता गर्ने जस्ता घिणित कामहरु गरेकोछ । अनावशेक झुटा मुद्धामा फसाउँने,अनावसेक कागजमा सहिगर्न वाध्यपार्ने जस्ता काम गरिरहेको छ, यसमा केही पुलिस प्रसाशकहरु((सवै होईन)(लडार्इँ पुलिस दाजुभाईहरुसँग पटक्कै हैन दलाल तस्कर र भ्रस्टहरुका विरुद्ध हो यो प्रत्यक जवानहरुले बुझ्न जरुरी छ । हामीले संघर्ष गरेर ल्याएको वैज्ञानिक समाजवादले तपाइँको असहाय आमा वुबाको थोत्रा चप्पल र पुरानो लुगा फेरिनेछ, छोराछोरीको राम्रो भविश्य वन्ने छ,तपाईको जीवनमा आउने तमाम संकटको समाधान हुनेछ । जस्ले जे आदेश दियो चुपचाप पालना गर्नु ठुलो भुल हुनेछ ,ईतिहाँसले धिकार्नेछ))पनि खुलेरै लागेका छन । यो दलाल सरकारले लाचारी,नैतिक पतन र बेईमानिपूर्ण युद्ध गरिरहेको छ ,जुन कुराले उसले आफ्नो चिहाँन आफै खनिरहेको छ । सक्छस भने दलाल सरकार नैतिक्ताको लडाई गर । तर दलाल सत्ताले कहिल्यैपनि क्रान्तिकारीहरुसँग नैतिक लडाईँ गर्न सक्दैन र पतन हुन्छ । इतिहाँसमा यस्ता धेरै तानाशाहहरु पतन भएर गएका थुप्रै घटनाहरु छन ।यो सरकारले यति सम्मको घटिया ब्यावहार गर्यो की आफुलाई प्रजातन्त्रको हिमायती ठान्ने सरकारले तानाशायी क्रुरप्रकारको जंगली रुप देखायो । त्यो हाम्रो पार्टीलाई मात्र होईन कलाकारको गित (पसुपति शर्मा को लुट्न सके लुट…..) सम्म बन्द गरायो,पत्रकारले प्रश्न सोधेकै भरमा कार्यक्रम (राजु थापाका नेपाल टेलीभिजनको कार्यक्रम)नै बन्ध गरायो,अझ रमाईलो त के गर्यो भने, हाम्रा नेता कार्यकर्तालाई जेल हान्छ, अदालतले विनाकसुर भनेर रिहा गरिदिन्छ,फेरी अदालतको गेट बाटै बिनाकारण गिरप्तार गर्छ,आफ्नै कानुन र अदालतको खिल्ली उडाई रहेको छ । यी नकचराहरुले कम्युनिस्टको यति बद्नाम गरे जसको कुनै हिसाव नै छैन । आफुले बनाएको कानुन,अदालत आफैले मान्दैन,एकातिर वार्ताको कुरा गर्छ,अर्को तिर इन्काउन्टरको नाममा निहत्था कार्यकर्तालाई गोली हानि हत्या(निर कुमार राई,कुमार पौडेलको हत्या भोजपुरमा) गर्छ । यो राजनितिक समस्याको राजनितिक ढंगवाट समाधान होईन ,आत्मसमर्पण गराउन खोज्दछ,आफै हतियार उठाएर कार्यकर्ताको हत्या गर्छ,अहिले हतियार नउठाएको हाम्रो पार्टिसँग हतियार विसाउ भन्छ,बन्दी कमरेडहरुलाई कहिँ आत्मसमर्पण गराउँछ ,कहीँ कागज गरायर आर्थिक प्रलोभन देखायर,आत्मसमर्पण गराउँछ । कानुनी राज्य,व्याक्तीगत स्वतन्त्रता,लोकतन्त्र र मानव अधिकारको खिल्लि उडाईरहेको छ । प्रत्यक नागरिकलाई आफ्नो दासत्व स्वीकार गर्न बाध्य पारिरहेको छ । यसको पतन अवस्यम्भावी जस्तै भैसकेको छ ।
२ दमन र गिरप्तारिले धैरै सकारात्मक र थोरै नकारात्मक पक्ष
प्रतिवन्ध पछि दालाल सत्ताले देशव्यापी रुपमा वारेण्ट,खानतलासी,गिरप्तारी,जेलवन्दि व्यापक भयो । उसले आफ्ना सञ्चार माध्यामवाट पार्टीविरुद्ध अनेकौ भ्रामक प्रचारहरु चलायो । तरा पार्टीको मुख्य नेतृत्वमा सारा दमनलाई चिर्ने र पचाउने उच्च क्षमता व्यक्त भयो । धेरै जसो क्रानितकारी नेताकार्यकर्ताहरुले गिरप्तारी,हिरासद,जेलजीवनलाई क्रान्तिको एउटा माेर्चा वनाएर पार्टीका नितिहरुको दृढतापूर्वक वचाउ गर्नु भो ,यो निकै राम्रो र सकारात्मक पक्ष भयो । समाज परिवर्तको लागि जेलपर्नु अपराध हो र ? यो गलत कुरा हो । यदि गंगालाल श्रेष्ठ,धर्मभक्त माथेमा,सुक्रराज शास्त्री र दशरथ चन्द जस्ता महान सहिदहरुले वलिदान गर्न तयार नभइदिएको भए तेतिवेला राणा शासनको अन्त्य सम्भव थिएन । १० वर्षको महान जनयुद्धमा नौहजार भन्दा वढि सहिदहरुले वलिदान नगरेको भए या हजारौं नेताकार्यकर्ताहरु जेल जीवन बस्न र यातना सहन तयार नभएको भए २५० वर्षे कालो शाहिसाशनको अन्त्य सम्भव थियन । मोहनविक्रम सिंह,मोहनचन्द्र अधिकारी,विश्वेश्वर प्रसाद कोईराला र राधाकृष्ण मैनाली लगएतका सयौं कम्युनिस्ट र कांग्रेसका योद्धाहरुले आफ्नो व्याक्तिगत स्वर्थ त्याग गरेर,आफुलाई जलाएर विचार सम्प्रेषण र जेलजिवन नवसेको भए त्यतिवेला वहुदलिए ब्यवस्था आउँन सम्भव थिएन । अहिले न कांग्रेस पार्टी अस्थित्वमा हुुन्थ्यो कम्युनिस्ट पार्टी हुन्थ्यो नत जनयुद्ध नै हुँन्थ्यो । आजको यो परिवर्तन उनिहरुकै त्याग समर्पण वाटै सम्भव भएको हो । हामिले अन्तराष्ट्रिय आन्दोलनको ईतिहाँस हेर्यौं भने नेल्सन मण्डेलाले जीवनको आधा भाग जेल नवसेका हुन्थे भने दक्षिण अफ्रीका मुक्त हुने थिएन । पेरु कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड डा.गोन्जालो करिव २५ वर्षदेखि हालसम्म पनि जेलमा छन । त्यसैगरि संसार भरि जेलहिरासद र वलिदानका अनुपम उदाहारणहरु छन । यसरी हेर्दा के कुरा प्रस्ट हुन्छ भने हिरासद र जेलहरु नयाँ सत्ता पैदा गर्ने कारखानाहरु हुन या भट्टीहरु हुन । यसवाट हामी के कुरामा प्रस्ट हु्न्छाैैं भने गिरप्तार हुनु,जेल वस्नु,संघर्ष गर्नु, वलिदान गर्नु प्रतिक्रियावादीका विरुद्ध नैतिक्ताको हतियार उठाउँनु हो । लेनिनले भन्नु भएको छ,“जो उत्पिडित मानिस उत्पिडनका विरुद्ध हतियार उठाउँन तयार हुँदैन,हतियार चलाउन तयार हुँदैन,हतियार सिक्न तयार हुदैन,त्यो निस्चित रुपमा दास बन्न लायक हुन्छ।”हाम्रो हतियार भनेको वैचारिक विचारको हतियार हो,मालेमावाद हो र हाम्रो लडाई देशमा शान्ति,सम्रिद्धि,सुशासन र राष्ट्रिय स्वाधिनताको लागि हो । दलाल प्रतिक्रियावादीको अन्त्य गर्नु हाम्रो प्रमुख काम हो यही कुरा नवुझ्दा केही कमरेडहरु पलायन हुने,अन्य पार्टी प्रवेश गर्ने,जसरी पनि जेलवाट मुक्तहुन खोज्ने,कसैको आशिर्वाद भलाकुसारीमा छुट्न खोज्ने,महंगो धरौटी राखेर या आत्मसर्पण गरेर ,या वानव अधिकारवादी गुहाँरेर जसरी पनि जेलवाट मुक्तहुनु पर्ने जस्ता यावत व्यावहारहरुले केही नेता कार्यकर्तारुहरुमा विचलनताहरु आए । जेलनेल,हिरासद,वलिदान यी सवै क्रान्तिका मोर्चाहरु हुन । को जेल जाने, कस्ले वलिदान गर्ने, यो संयोगको कुरा हो तर वाहिरी संघर्षको मार्चालाई मात्र क्रान्ति ठान्ने अरु मोर्चा क्रान्ति नठान्नु अथवा वाहिर लडाई गर्न सक्ने हिरासद र जेल वस्न नसक्ने वा वलिदान गर्न नसक्ने भन्ने हुदैन । के सहिकुरा प्राप्तिको लागि जेल वस्नु गलत हो? समाज परिवर्तनका लागि यातना सहनु,हिरासद वस्नु,या वलिदान गर्नु अपराध हुन्छ यो प्रतिक्रियावादीहरुले लगाउँ मिथ्या आरोप हो । वास्तविक अपराधी त त्यो हुन्छ जसले हरेक समय परिवर्तनको गला रेट्दछ । हिजो केपी ओली होईनन, “गणतन्त्र कुन चराको नाम हो,गणतन्त्रआउनु र बयलगाडा चडेर अमेरिका पुग्ने सपना देख्नु एउटै हो सम्भव छैन” अहिले प्रधानमन्त्रि हुँदा त्यो पाखण्डि प्रवचनप्रति कुनैदिन प्रयाश्चित गरेकाछन । अहिले पनि परिवर्तनका विरुद्ध सवैभन्दा वढि आतंक मच्चाउने काम गरिरहेकाछन । यसको जवाफ राम्रैसँग दिन जरुरी छ । असल कम्युनिस्ट कार्यकर्ताले यतिकुरा वुझ्न जरुरी छ । यहि कुरा नवुझ्दा केहि विचलनताका समस्याहरु आएका छन केही गंभिर प्रक्रितिका पनि विचलनहरु आएका छन यो नै अज्ञानता र पलाएन वाद हो ।यो पलायनवादका विरुद्ध आत्मसंघर्ष गर्नु र आफुुुुलाई क्रान्तिका हरेका माेर्चामा निरन्तर सहभागि वनाई राख्नु असल कम्युनिस्ट भईराख्नु हो एकछिनको कम्युनिस्ट जो पनि वन्न सक्छ तर जीवन भर कम्युनिस्ट वन्ने कुरा सजिलो छैन ।
३ भ्रममा नपर्नु यस्तो व्यवहारले कम्युनिस्ट होइन दलाल भईन्छ
एउटा कम्युनिस्ट सडकमा छ एउटा सरकारमा छ कुन सक्कली कम्युनिस्ट हो जनता भ्रममा पर्लान जस्तो भाको छ । सत्तामा रहेको नेकपा रुपमा कम्युनिस्ट भएपनि सारमा साम्राज्यवादीको नोकर हो । कीनकी यसका यीनै बिशेष्ताहरुले यो कम्युनिस्ट होई दलालहरुको सेवागर्ने पाटीृ हो जुन विशेष्ताहरु निम्न छन ।
रुपमा आफुलाई कम्युनिस्ट भन्ने,सारमा कम्युनिस्टहरुलाई देख्यो कि दमन र्ने ।,राजनिति समाजवाद भन्ने,ब्यावहरमा दलाल  पुजीवादको चाकरी गर्ने ।, आफुने भ्रटाचार नगर्ने र गर्न पनि नदिने भाषणमा कुरा गर्ने,तर आफ्नो राज्य संयन्त्र पुरै भ्रष्टाचारको अखडा बनाउँने ।,देशमा शुसासन व्यवस्था ल्याउँने कुरा गर्ने, तर ब्यावहारमा नाता,गोेता,छोरी,बुहारीहरुलाई सरकारी सुविधाहरुमा जागिर खुवाउने । स्वाधिनताको नारा दिने,तर राष्ट्रिय आत्मसमर्पण गर्ने ।, देशमा औद्योगिककरणको नारा दिन, तर देशका राष्ट्रिय उद्योगहरु सवै लिलाममा बिक्रि गर्ने ।, आर्थिक सम्रीद्धिको कुरा गर्ने,तर ब्यावहारमा मिटर ब्याजीहरुको संरक्षण गरि जनताको उठिबास लगाउँने ।, राष्ट्रिय सम्मानको कुरा गर्ने,तर साम्राज्यवादीका अगाडि लम्पसार पर्ने ।,देशको व्यजती गर्ने । उच्च प्रकारको सँस्कृतिको कुरा गर्ने,व्यावहारमा देशभित्र व्यश्यालय खोल्नको लागि वकालत गर्ने ,अर्काकी श्रीमतिहरुसँग गुपचुप रमाउँने ।, कुरामा लोकतन्त्र भन्ने व्यावहारमा फाँसीवाद लागु गर्ने । शान्तिपुर्ण राजनिति गर्ने अधिकारको कुरा गर्ने, पार्टीलाई प्रतिवन्ध लगाउने, दोहोरो भिडन्तको हल्ला(सुर्खेतको बावीयाचौरमा पुलिस ज्ञानबहादुर खत्रीले गरेको हल्ला) गर्ने,निहत्था जनताहरुलाई अन्दाधुन्द पाइरिङ् गर्ने जनतालाई आतंकित पार्ने,यीनै तथ्यहरुको विष्लेषण गरि हामीले विरोध गर्दा हामीलाई प्रतिवन्ध लगाउने,यीनै विषेष्ताको कारण यो नक्कली नामधारी कम्युनिस्ट हो र यो व्यवस्था दलाल फाँसीवादी व्यवस्था नै हो भन्ने यो ब्यवहारले पुष्टि गर्दछ ।
धन्यवाद

Leave a Reply