Saturday, January 16, 2021
Home > mophosala > राधा आचार्य अधिकारी को कविता छोरी

राधा आचार्य अधिकारी को कविता छोरी

जब दुनियाँ चकमग्न हुन्छ
निरब सुनसान र
भयभित हुन्छ
तब मेरो ढुकढुकी
मात्र छाती च्यातिने
गरि उफ्रिरहन्छ ।
हरेक पुस्तक बाट
निस्किएको शब्द
जस्तै जब बज्छन,,

मेरा ओठमा आततिय
ध्वनिहरु बाजका आंखाहरु
अबिन्तर र पछ्याउँदै
एक हुल पुरुष आंखाहरु

तब मलाइ लाग्छ ——
जिन्दगी एक सिकार हो ,,
जहाँ हरेक चुच्चोमा सिकार
मात्र बन्ने भए हुन्छ ###

=====
मेरो स्कुल बसको खलासी
हरेक बिहान
गाडी चढाउने निहुंमा
मेरो नितन्ब मुसार्छ ,
स्कुल को शिक्षक मलाई
सिकाउने बाहनामा
मेरो ढाड सुम्सुम्याउछ ,,
गाउकै दर्जी अन्कल
पटकै पिच्छे
कपडा छेकाउने भन्दै
शरीर को साइज नाप्छ ,,
हो त्यही बेला मलाई
छोरी हुनुमा ग्लानी लाग्छ ,,

त्यस बेला उदाउंछन
छोरी हुनुको अनेकन प्रसङ्ग
अनि भाग्न मन लाग्छ हो ::::::

जब म आफ्नै
चाहाना हरु सङ्ग
यति बहिस्कृत बन्दिन्छु ,,
जब म आफ्नै शरीर
सङ्ग यति दुर भाग्दिन्छु
कि कुनै जन्ममा
मलाई छोरी नबनाइयोस !
हो मलाई फेरि छोरी भएर
जन्म नगराइयोस !!!!!

यी याबत प्रसङ्गहरुले
जब मलाइ कमजोर बनाउछ ,,
र तमाम परिणाम हरुमा~~
घोरिन बाध्य बनाउछ
अनि पस्च्याताप को
राकोमा दन्किन्छ यो मन !!
हो त्यति बेला मलाइ लाग्छ
किन म छोरो भएर जन्मिन सकिन ????

तर थाहा छ
जीवन इस्वर को देन हो ।

तर पनि
जिन्दगी इस्वर को देन हो भने
मलाई किन नारी बनाइयो ?
र यस्तो आततायी समय को चक्रमा होमियो ?
के हरेक भयानक
परिणामको सामाना गर्नु
छोरिकै मात्र कर्तब्य हो ?

अब त म आजित भइसकेकी छु
अन्तर – आत्मादेखी नै
थाकेर गलिसकेकी छु
पीडा पिडाको खानी भएकी छु
र मात्र मेरो एउटै बिन्ती छ –
मलाई छोरो भएर जन्मिन धेरै मन छ,,

र अझै धेरै चाहना
छोरो भएर जन्मिए पश्चात्
नारिहरुको र छोरिहरुको सम्मान गर्न ……….

RAA

कवि तथा साहित्यकार राधा समाजसेवि हुन जन्म भुमि  अर्घाखाँचि भय पनि कर्मथलो भने काठमान्डौ लाई बनायकि छन्।

Leave a Reply