Tuesday, January 26, 2021
Home > mophosala > मुगुको रारातालदेखि बर्दियाको ताराताल सम्म हुनु पर्छ कर्णाली प्रदेश; नेता शाही

मुगुको रारातालदेखि बर्दियाको ताराताल सम्म हुनु पर्छ कर्णाली प्रदेश; नेता शाही

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांगेस जुम्लाका युवा नेता तथा संगठन विभाग प्रमुख लक्ष्मण शाहीले कर्णाली प्रदेशको समृद्धिका लागि मुगुको रारातालदेखि बर्दियाको तारातालसम्म र हुम्लाको हिल्सादेखि बाँके नेपालगञ्जको जमुना भन्सारसम्म जोड्नुपर्ने राय व्याक्त गरेका छन्।

शाहीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो राय सुझाव नेपाल सरकार तथा तेस क्षेत्रका सम्बन्धित व्याक्तित्वलाई दियका छन्।, ‘रारातालदेखि-तारातालसम्म र हिल्सादेखि-जमुना भन्सारसम्म जोड्दा मात्रै कर्णाली प्रदेशको समृद्धि, सफलता र विकाश सम्भव छ।’

उनले अगाडी लेखेका छन्, ‘हाम्रो रितिरिबाज, धर्म संस्कृति, भेषभुषा, प्राकृतिक सम्भावनाको खोजि प्रर्यटनलगाएत उत्तर, दक्षिण कन्नेक्टिभिटी पनि हाम्रो आबश्यकता हो। सम्बन्धित सबैको ध्यानाकर्षण हुन जरुरी छ।’

पछिल्लो समय बाँके र बर्दिया जिल्ला कर्णाली प्रदेशमा गाभ्नको लागि चरणवद्ध आन्दोलन भइरहेका छन्। गत पुस ९ गते नेपालगञ्ज उपमहानगरपालिकाले बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा गाभ्नका लागि अगुवाइ गर्ने निर्णय गरेको थियो।

स्थानीय राजनीतिक दल, उद्योगी, व्यापारी, कानून व्यवसायी, पत्रकार, नागरिक समाजका अगुवाहरुसँगको छलफलपछि नेपालगञ्ज उपमहानगरपालिकाले बाँके र बर्दियालाई कर्णालीमा मिसाउने अभियानको अगुवाइ गर्ने जिम्मा लिएको थियो।

बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउने अभियानको नेतृत्व उपमहानगरपालिकाले लिने मेयर डा. धवलशमशेर राणाले बताए।

Leave a Reply