Monday, January 18, 2021
Home > special_one > स्थानीय तह पुनः संरचनाको विरोधमा साँखु बन्द

स्थानीय तह पुनः संरचनाको विरोधमा साँखु बन्द

काठमाडौँ । शङ्करापुर नगरपालिकालाई कायाम राख्न माग गर्दे आज साँखु बन्द गरिएको छ ।
स्थानीय तह पुनः संरचना आयोगले सरकालाई पेश गरेको प्रतिवेदनमा शङ्करापुर नगरपालिकालाई कागेश्वरी मनोहरा नगरपालिकामा गाभेको भन्दै आज साँखु बन्द गरिएको हो ।

ऐतिहासिक, सांस्कृतिक र पौराणिक हिसाबले महत्वपूर्ण साँखुको अस्तित्व मेटाउन खोजिएको भन्दै शङ्रापुर बन्द गरिएको स्थानीय पवनलाल श्रेष्ठले जानकारी दिए ।

बन्दका कारण विद्यालय, कलकारखाना, पसल र सिन्धुपाल्चोकको मेलम्ची भएर चल्ने सवारीसाधन चल्न सकेका छैनन् ।
आयोगले सरकारलाई प्रतिवेदन बुझाएको भोलीपल्टै यस क्षेत्रबाट प्रतक्ष्य निर्वाचित सांसद दीपकप्रसाद कुँइकेलको संयोजकत्वमा सबै दलका प्रतिनिधी सदस्य रहेको शङ्करापुर नगरपालिका बचाउ सङ्घर्ष समिति गठन गरी आन्दोलन गर्दै आएका छन् ।

Leave a Reply