काठमान्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भातृ संस्था नेपाल विद्यार्थी संघमा दुई जना उपसभापति सहित पाँच महामन्त्री मनोनित गरेका छन्।
केन्द्रीय कार्यसमितिले दिएको जिम्मेवारी अनुसार सभापति देउवाले आइतबार झापाकी तुलसा पन्त र रूपन्देहीका मुक्तिराज पौडेललाई उपसभापति मनोनित गरेका हुन्।
सभापति देउवाले माघ १६ गते नेविसंघ अध्यक्षमा महासमिति सदस्यसमेत रहेका सुनसरीका राजीव ढुंगानालाई मनोनित गरेका थिए। काठमाडौंका मनोज वैद्य र पाल्पाकी महेश्वरी कुँवर पनि महामन्त्री मनोनित भइसकेका छन्।
उनीहरूलाई छ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी दिएर तदर्थ समितिमा ल्याइएको कांग्रेसले जनाएको छ।
तनहुँका दिपक भट्टराई, धादिङकी उर्मिला थपलिया, मकवानपुरका प्रभातकुमार दाहाल, सिन्धुपाल्चोकका बलदेव तिमिल्सीना र स्याङ्जाका युवराज पाण्डे महामन्त्री मनोनित भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
हेेेेेेेर्नुस नियुुुुुक्ति पत्र