Tuesday, January 19, 2021
Home > mophosala > साढे ४ सय बढी जनालाई बालुवाटारमा रात्रिभोज

साढे ४ सय बढी जनालाई बालुवाटारमा रात्रिभोज

काठमान्डौ । प्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आइतबार साढे ४ सय बढी जनालाई बालुवाटारमा रात्रिभोज दिने भएका छन्।

रात्रिभोजमा सहभागी हुन नेकपामा सबै सांसदहरूलाई मोबाइलमा म्यासेज आएको छ।

म्यासेजमा  लेखिएको छ- २०७६/१०/१९ गते साँझ ६ बजे पिएमनिवास बालुवाटारमा  रात्रिभोज आयोजना गरिने भएको हुँदा उपस्थितिका लागि अनुरोध गरिन्छ। ह्विप। सिपिएन।

प्रधानमन्त्री मन्त्रीले ह्विप नै जारी गरी सांसदहरूलाई किन रात्रिभोजमा बोलाएका हुन् भन्ने खुलेको छैन्।

केही सांसदहरूले संसदबाट अनुमोदन गर्नुपर्ने अमेरिकी सहयोग परियोजना (एमसिसी)बारे छलफल गर्न रात्रिभोज आयोजना गरेको अनुमान गरेका छन्।

अपरान्हसम्म सांसदहरूलाई मात्र बोलाइएको रात्रिभोज उपस्थित हुन साँझ नेकपाका केन्द्रीय सन्देशहरूलाई पनि मोबाइल निम्तो पठाइएको छ।

सांसदहरूलाई मात्र बोलाइएको रात्रिभोज उपस्थित हुन साँझ नेकपाका केन्द्रीय सन्देशहरूलाई पनि मोबाइल निम्तो पठाइएको छ।

नेकपामा अहिले ४ सय ४५ जना केन्द्रीय सदस्य छन्। तीमध्ये अधिकांश  सांसद छन्।

Leave a Reply