Saturday, January 16, 2021
Home > mophosala > युरोपियन युनियनबाट बाहिरियो बेलायत, बेलायती प्रधामन्त्रीले भने- यो वास्तविक राष्ट्रिय नविकरण र परिवर्तनको क्षण हो

युरोपियन युनियनबाट बाहिरियो बेलायत, बेलायती प्रधामन्त्रीले भने- यो वास्तविक राष्ट्रिय नविकरण र परिवर्तनको क्षण हो

एजेन्सी

संयूक्त अधिराज्य बेलायत ४७ वर्षपछि युरोपियन युनियनबाट औपचारिकरुपमा छुट्टिएको छ।

लन्डनको बिगबेनले मध्यरातको  १२ बजेको जनाउ दिएसँगै बेलायत जनमत संग्रह गरेको ३ वर्षपछि युरोपियन युनियनबाट अलग भएको हो।

स्वागत र विरोधकाबीच बेलायत पुनः नयाँ चरणमा पुगेको छ।

बेलायतको नयाँ परिदृश्यमा प्रवेश गर्नु अगाडि एक संदेश जारी गर्दै बेलायती प्रधानमन्त्री  बोरिस जोन्सनले देशलाई एकताबद्ध गर्दै अगाडि बढाउने वाचा गरेका छन्।

युरोपयन युनियनबाट औपचारिक रुपमा बाहिरिनु एक घण्टा अगाडि सामाजिक संजालमा एक संदेश सार्वजनिक गर्दै उनले यो वाचा गरेका हुन्।

‘धेरै मानिसहरूका लागि यो आश्चर्यजनक क्षण थियो, जसले यो क्षण कहिले आउँदैन भनेर सोचेका थिए’, भिडियो सन्देशमा उनले भनेका छन्, ‘अनि अरू धेरै छन् जसलाई यतिखेर डर र घाटा महशुस भइरहेको छ।’

‘र अर्को तेश्रो समूह, जो सम्भवतः सबैभन्दा ठूलो समूह हो, जसले यो  राजनीतिक लडाई कहिले अन्त्य हुँदैन् ठानिरहेका थिए’, उनले संदेशमा भनिएको छ, ‘म ती सबै भावनाहरू बुझ्छु र साथमा सरकारका रुपमा अबको मेरो काम भनेको देशलाई एकसाथ ल्याउँदै अगाडि लैजानु हो।’

यसैगरी सो संदेशमा जोन्सनले ब्रेक्जित अन्त्य नभइ सुरुवात बताए।’यो वास्तविक राष्ट्रिय नविकरण र परिवर्तनको क्षण हो’, उनले भने।

Leave a Reply