हेटौडा,माघ १६ नेपाल बिधार्थी संघ वन बिज्ञान अध्ययन संस्थान हेटौडा इकाइले सहिद दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सहिदहरुको योगदान र सम्झनालाइ बिधार्थीहरु माझ पुनरताजिकी गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको इकाइले बताएको छ ।
अन्तरक्रिया कार्यक्रम नेपाली काग्रेस मकवानपुरका जिल्ला सचिब बुद्ध लामाको प्रमुख आतिथ्यता तथा नेपाल बिधार्थी संघ मकवानपुरका अध्यक्ष राजु खतिवडाको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सहीदको योगदान र सम्मानको चर्चा गर्दै बुद्ध लामा,राजु खतिवडा,कृष्ण प्रसाद दाहाल,यादव अर्याल,पंकज ठाकुर,सुदिप भट्टराइ,नवराज उपाध्याय , ललित खड्का लगायतले बिचार राखेका थिए ।
सहीदको योगदानले आजको दिन र ब्यबस्था आएको भन्दै नया पुस्ताले सहीदको सम्झना गर्नुपर्नेमा जोड दिदै कार्यक्रमका प्रमुख अतिथि बुद्ध लामाले युग परीवर्तनमा सहीदको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा बिचार राख्दै नेपाल बिधार्थी संघ मकवानपुरका अध्यक्ष राजु खतिवडाले युवाले इतिहास सम्झनुपर्ने भन्दै सहीदहरुको सम्मान र सम्झनामा गरीने यस्ता कार्यक्रमहरुको बिशेष अर्थ भएको धारणा राखे ।
अन्तरक्रिया कार्यक्रम नेपाल बिधार्थी संघ वन बिज्ञान अध्ययन संस्थान हेटौडा इकाइ सभापती ललित कुमार खड्काको सभापतित्वमा सम्पन्न भएको थियो ।