Tuesday, January 26, 2021
Home > mophosala > स्व. श्रीमानको सम्झनामा अनाथ विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री

स्व. श्रीमानको सम्झनामा अनाथ विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री

बैतडी । स्वर्गिय पिता तथा श्रीमानको सम्झनामा बैतडीको सुर्नया गाउँपालिका ५ को रौलेश्वर माध्यमिक विद्यालयका बालबालिकालाई पोसाक र कापीकलम वितरण गरिएको छ ।

१४ बर्ष अगाडी स्वर्गीय हुनुभएका बुवा गणेश मडैको सम्झनामा छोराहरु मोहन मडै, लक्ष्मी मडै, रिजन मडै र मुना मडैले उक्त विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत आमा तथा बुवा गुमाएका ४० जना बालबालिकालाई पोसाक र कापीकलम वितरण गरेको हुुन।

रौलेश्वर मावि सुर्नया गाउँपालिका ५ रामकी बरायलमा एक कार्यक्रमको आयोजना गरी श्री पञ्चमि अर्थात सरस्वति पुजाको उपलक्ष्यमा विद्यार्थी पोसाक र कापीकलम बितरण गरिएको हो ।

विद्यालयमा गरिएको कार्यक्रममा स्वर्गीय हुनुभएका गणेश मडैका श्रीमती जयमती मडैले उक्त सामग्री प्रधानाध्यापक मार्फत वितरण गरेका हुन् । स्वर्गीय मडैको सम्झना उक्त विद्यालय बिगत बर्षदेखि पोसाक र कापीकलम वितरण गरिदै आएको छ ।

स्वर्गीय श्रीमानको सम्झनामा श्रीमती जयमती मडैले बिगत ४ केही बर्षदेखि नियमित सरस्वती पुजाको अवसरमा विभिन्न सामाग्री बितरण गर्दै आएका छन । आमा बज्यै र दुई-भाइ, दुई बहिनी गरेर अहिले ६ जनाको परिवार छ ।

मोहन सिह मडै, स्व.मडैका जेष्ठ छोरा हुन । उनी अहिले जापानको फुकुओका सहरमा अध्ययन गर्दैछन भने विभिन्न समाजिक कार्यमा पनि छन । लक्ष्मी मडै स्व. मडैकी जेठी छोरी हुन, अहिले उनिपनी  जापानमा अध्ययन गर्दैछन भने माइला छोरा अहिले काठमाडौंमै एउटा् ईन्स्टिच्युट खोलेर बसेका छन साथै विभिन्न समाजिक सस्थामा पनि सहभागी छन । कान्छी छोरी मुना अहिले कक्षा १२ मा अध्ययन गर्दैछन ।

Leave a Reply