काठमान्डौ । सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटीको जारी बैठकमा आज समूहगत छलफल हुने भएको छ।
केन्द्रीय कमिटी बैठकमा पेस भएको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथिको छलफलका लागि ९ वटा समूह बनाइएको छ।
प्रत्येक समूहमा २९ जना केन्द्रीय सदस्य राखिएको छ।राष्ट्रिय सभा गृह, धुम्बाराहीस्थित पार्टी कार्यालय र पेरिसडाडामा रहेको नेकपाको अर्को कार्यालय समूहगत छलफल हुने केन्द्रीय सदस्य दिलु पन्तले सेतोपाटीलाई जानकारी दिइन्।
अंग्रेजी वर्णानुक्रमअनुसार केन्द्रीय सदस्यहरूको समूह बनाइएको छ। समूहगत छलफलमा उठेका विषयलाई टोली नेताले केन्द्रीय समितिको बैठकमा पेस गर्नेछन्।