काठमान्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिएका छन्।
आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटालाई बधाई तथा शुभकामना दिँदै देउवाले प्रतिपक्षलाई विश्वासमा लिएर अघि बढ्न आग्रह गरे।
‘सभामुख निर्वाचित भएपछि तपाईं पार्टीको होइन नि!, प्रतिपक्षलाई विश्वासमा लिएर अघि बढ्नु हाम्रो पुरा सहयोग रहन्छ।’
उनले सभामुख पद तटस्थ र निष्पक्ष हुने भएकोले पार्टीबाट उम्मेदवारी नदिएको पनि बताए। ‘सदन विपक्षीको हो भनेर हामी सरकारमा हुँदा त्यसबेलाका सभामुख दमन्नाथ ढुंगानाले भन्नुभएको थियो,’ देउवाले भने।
देउवाले शान्ति प्रक्रियाका कामहरू बाँकी रहेको उल्लेख गर्दै सभामुख सापकोटाबाट सहयोग रहने विश्वास गरे।