काठमान्डाै । यहि माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनमा आ आफ्ना दलहरूलाई सफल बनाउन विभिन्न साना दलहरूलाई आफ्ना पक्षमा वनाउने ठुला पार्टिहरूले अभियानै चलायका छन् ।
रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी पार्टीले प्रदेश नम्बर २ मा राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनता पार्टी राजपाबीचको गठबन्धनलाई सघाउने निर्णय गरेको छ।
आइतबार नेकपा महासचिव विष्णु पौडेल, राजपा संसदीय दलका नेता महन्थ ठाकुर र संघीय समाजवादीका अध्यक्ष अन्सारीबीच गठबन्धनलाई सघाउने सहमति भएको हो। आगामी दिनमा सहकार्य गर्ने पनि निर्णय उनीहरूबीच भएको छ।