काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवासको सचिवालयले शुक्रबार विज्ञप्ति जारी गर्ने क्रममा गरेको गल्ती सामाजिक सञ्जालमा चर्चाको विषय बनेकाे छ ।
चौतर्फी आलोचनापछि भने शीतलनिवासले गल्ती सच्याउँदै दोस्रो विज्ञप्ति जारी गरेकाे छ । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेको विषयमा विज्ञप्ति जारी गरेका थिए ।
