Tuesday, January 19, 2021
Home > mophosala > बालुवाटारमा सत्य निरूपण र बेपत्ता छनाबिन आयोगका सम्बन्धि छलफल

बालुवाटारमा सत्य निरूपण र बेपत्ता छनाबिन आयोगका सम्बन्धि छलफल

काठमान्डाै । सत्य निरूपण र बेपत्ता छनाबिन आयोगका नयाँ पदाधिकारी नियुक्ति र नयाँ कानुन तर्जुमाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका छन्।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रमुख प्रतिपक्षी दलका नेता एवं  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत सहभागी थिए। यसअघि प्रचण्डले देउवा निवासमै पुगेर यसबारे छलफल गरेका थिए।

पटकपटक अवधि थप्दासमेत सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले काम नसकेपछि गत चैतदेखि दुबै आयोग पदाधिकारीविहीन भएका छन्।

नयाँ पदाधिकारी चयनका लागि पूर्वप्रधानन्याधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समिति बनेको थियो। समितिले ६१ जनाको नाम सिफारिस गरेको छ। आयोगका लागि नया कानुन बनाउन समेत छलफल भइरहेको छ।

Leave a Reply