Friday, January 22, 2021
Home > mophosala > भूलवश इरानी क्षेप्यास्त्रले युक्रेनी जहाज झारेको हुनसक्ने

भूलवश इरानी क्षेप्यास्त्रले युक्रेनी जहाज झारेको हुनसक्ने

एजेन्सी । बुधबार इरानमा खसेको युक्रेनी जहाज सोही बिहान इरानले प्रहार गरेको क्षेप्यास्त्र भूलवश लागेर खसेको हुनसक्ने शंका गरिएको छ।

‘द न्यू योर्क टाइम्स’का अनुसार बिहीबार अमेरिकी अधिकारीहरूले आफूहरूलाई त्यसप्रकारको सूचना मिलेको बताएका छन्।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले घटनाको प्रारम्भिक प्रमाणले त्यसतर्फ संकेत गरेको भन्दै घटनाको पूर्ण छानविन हुनुपर्ने माग गरेका छन्। उनले घटनाका बारेमा सबै शंकाहरूको निष्पक्ष जाँच हुनुपर्ने बताएका छन्।

घटनामा ६३ क्यानेडियन नागरिकसँगै जहाज दुर्घटनामा ८२ इरानी, ११ युक्रेनियन, १० स्विडिस, ४ अफगानी, ३ जर्मन र ३ बेलायती नागरिकको मृत्य भएको थियो।

‘हामीलाई लाग्छ यो भूलवश हुन गएको हो’, अट्वामा आयोजित पत्रकार सम्मेलनमा ट्रूडोले भने,’ प्राप्त प्रमाणहरु स्पष्टरुपमा यसलाई दुर्घटनाको कारण देखाएको छ।’

घटनाका बारेमा एउटा नयाँ भिडियो सार्वजनिक भएको छ।

सो भिडियोमा क्षेप्यास्त्र उडिरेहको युक्रेनी जहाजको नजिकै पड्किएको देखिएको छ। क्षेप्यास्त्र पड्किएपछि त्यसका टुक्राहरुले जहाजलाई क्षति पुर्‍याएको अनुमान विशेषज्ञहरुले गरेका छन्।

सो विमान ज्यान गुमाएका १७६ जनामध्ये ६३ जना क्यानेडियन नागरिकहरू थिए।

क्षेप्यास्त्र पड्किएको केही बेरमा नै जहाज तल खसेको थियो।

 

गत शुक्रबार इराकको राजधानी बग्दादमा अमेरिकी ड्रोन हमलामा आफ्ना सर्वोच्च सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि इरानले पनि त्यसको बदला स्वरुप बुधबार बद्दाद स्थित दुई अमेरिकी आधार क्षेत्रमा एक दर्जन मिसाइल हमला गरेको थियो।

यसअघि युक्रेनको राजधानी केइभ जान लागेको जहाज टेकअफ भएको केहीबेरमै प्राविधिक समस्या आएपछि दुर्घटनामा परेको अनुमान गरिएको थियो।

Leave a Reply