Friday, January 22, 2021
Home > mophosala > नेपाली जनताको जनआन्दोलनबाट प्राप्त उपलब्धी समाप्त पार्न खोजियोः नेता जोशी

नेपाली जनताको जनआन्दोलनबाट प्राप्त उपलब्धी समाप्त पार्न खोजियोः नेता जोशी

काठमान्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीले प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिबाट पारित भएको सूचना प्रविधि विधेयक सरकारले तत्काल खारेज गर्न माग गरेका छन् ।

जोशीले कम्युनिष्ट सरकारले सूचना प्रविधि विद्ययकलाई संसदमा बहुमतबाट पास गरेर नेपाली जनताको जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई समाप्त पार्न खाजेको दावी गरे ।

विहिबार माइतिघर मण्डलामा सूचना प्रविधि विधयक विरुद्धको विरोध सभालाई संवोधन गर्दै उनले सरकारले उक्त विधयक खारेज नगरे काठमाडौंको जनता सडकमा आउने चेतावनी दिए ।

राणादेखि राजा फाल्नसम्म काठमाडौंका जनताकै योगदान रहेको स्मरण गर्दै उनले भने, ‘हिजो गुठी विधयकको विरुद्धमा आएको आन्दोलनको आधिँबेहरी सरकारसँग स्मरण छ की छैन’ ।

वाक स्वतन्त्रताको अधिकारलाई कुण्ठित पार्ने प्रपञ्च भुलेर पनि नगर्न चेतावनी दिदै यदि जवरजस्त ल्याइए सरकार ढाल्ने चेतावनी दिए ।
जोशीले नेपाल र नेपालीजनताको हित विपरित ल्याउन लागेको यो विधयक विदेशी शक्तीको चाहनामा ल्याएको दावी गरे ।

कार्यक्रममा कांग्रेस नेता गगन थापाले यदि विधयक संसदबाट पास गरे विधेयकको धारा धाराले सारा नेपालीलाई रुवाउने जिकिर गरे । आफु अनुकुल सारा मिडिया देखि सामाजिक सञ्जाल प्रयोगकर्ता नभएपछि सरकारले अंकुश लगाउन खोजेको जिकिर गरे ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले एउटै कसुरमा १ भन्दा बढी सजाय हुने र सामाजिक सञ्जालमा लेखेकै भरमा १५ लाख जरिवाना, ५ वर्ष कैद हुन सक्ने प्रावधान नेपाली जनताको हित विपरित भएको बताए ।

यो विधेयकको बारेमा नेपालीले बेलैमा नसोचे दिर्घकालिन रुपमा नेपाली समाजलाई गम्भीर असर पार्ने दावी गरे ।

Leave a Reply