Tuesday, January 26, 2021
Home > mophosala > इरानको मिसाइल हमलापछि ट्रम्पको प्रतिक्रिया-अल इज वेल!

इरानको मिसाइल हमलापछि ट्रम्पको प्रतिक्रिया-अल इज वेल!

एजेन्सी । आफ्ना एक प्रमुख सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि इरानले अमेरिकासँग बदलास्वरूप मिसाइल हमला गरेको छ। बुधबार बिहानै इरानले इराकमा रहेका दुई अमेरिकी  सैन्य अड्डामा एकसाथ झन्डै दर्जन मिसाइल हानेको छ।

मिसाइल हमलाबाट भएको क्षतिको विवरण आइसकेको छैन। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही क्षति नभएको प्रतिक्रिया दिएका छन्।

उनले ट्वीटरमा लेखेका छन्- अल इज वेल! इराकका दुई सैन्य अड्डामा इरानबाट मिसाइल आक्रमण भएको छ। आक्रमणबाट भएको मानवीय र भौतिक क्षतिको अध्ययन हुँदैछ।

अहिलेसम्म सबै ठीक छ। हामीसँग अहिले संसारकै सबैभन्दा बलियो र शस्त्रले सुसज्जित सैनिक छ। यसबारे म भोलि बिहान प्रतिक्रिया दिनेछु।

यसअघि ट्रम्पले इरानले आफ्ना नागरिक र सम्पत्तिमाथि हमला गरे इरानका ५२ साँस्कृतिक महत्वका स्थानमा आक्रमण गर्ने चेतावनी दिएका थिए।

Leave a Reply