Wednesday, January 20, 2021
Home > special_two > केशब खड्काको गजल पढ्नु भो ?

केशब खड्काको गजल पढ्नु भो ?

                                                                                                     केशब खड्का
बाउलाइ छोरोले खबरदार भन्देला भन्ने डर छ ।
फेरी बाउलाइ नै छोरो ठुलो बनेको हेर्ने रहर छ ।

छोरो घर छाडेदेखी नामुद क्रान्तिकारी बनेको छ
मानौं उसैको जिम्मामा यो सारा सिंगो सहर छ ।

यो सिरेटो,यो जाडो र हिउदले के कपाउला र मुटु
जती दुख र गरीबीले भित्रैदेखी मेरो गाउ थरथर छ ।

फुर्सद भएपो आमालाइ अस्पताल सम्म भेट्न आउनु
हेर न आफनो फेरी फर्कनै नमिल्ने लामो सफर छ ।

आफना भन्नेहरु कहील्यै आफना जस्ता भइ दिएनन्
अब अन्तिम एकचोटी शत्रु र परायाहरुकै भर छ ।

(गजलकार खड्का पलपलखबरका लागी मकवानपुरबाट मुलधारका न्युज लेख्छन ।)

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply