Tuesday, January 26, 2021
Home > mophosala > विधानभन्दा माथि जानखाेजे तत्कालीन राजा ज्ञानेन्द्रको जस्ताे हालत हुन्छः यूवा नेता पौडेल

विधानभन्दा माथि जानखाेजे तत्कालीन राजा ज्ञानेन्द्रको जस्ताे हालत हुन्छः यूवा नेता पौडेल

चितवन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य यूवा नेता प्रदीप पौडेलले पार्टीमा विधानभन्दा माथि रहने सुविधा कसैलाई नरहेको भन्दै विधानअनुसार चल्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

नेपाली कांग्रेस चितवनकाे रत्ननगर नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले विधानभन्दा माथि रहने दाउपेच गर्दा तत्कालीन राजा ज्ञानेन्द्रको कुन हालत भयो, त्यो स्मरण गर्न नेतृत्वलाई आग्रह गरे ।

कम्युनिष्ट नेतृत्वको अधिनायकवादी सरकारविरुद्ध लड्ने बेलामा पार्टीभित्र गुटगत अभ्यास हावी भएकाले देशभरका कार्यकर्ता निराश भएको भन्दै पौडेलले गुट विशेषका नभई तमाम कार्यकर्ताको साझा नेता बन्न सभापति शेरबहादुर देउवालाई सुभाव दिए।

फरक प्रसंगमा पौडेलले आफ्नो भूमिको सुरक्षा गर्न नसक्ने वर्तमान सरकार कसरी जनताको सरकार हुन सक्छ ? भनी प्रश्न गरे । वाइडबडी घोटाला, बालुवाटार जग्गा काण्ड, राज्यको सम्पत्तिमा यती समूहको दोहनजस्ता घटनाबाट सरकार नीतिगत रुपमै भष्टाचारीको संरक्षणमा जुटेको प्रमाणित भएको उनले बताए।

पाइला पाइलामा जनताबाट कर उठाइरहेको सरकार कर्मचारीलाई तलब खुवाउन भने विदेशी सामु लम्पसार परेको भन्दै पौडेलले देशको अर्थतन्त्र धराशायी भइसकेको दाबी गरे।

Leave a Reply