काठमान्डाै । प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालले यही माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धन गर्ने तयारी गरेको छ।
राष्ट्रिय सभाका रिक्त पदमा माघ ९ गते चुनाव हुँदैछ। समाजवादीसँग गठबन्धन गरेर अघि बढ्न शुक्रबार छलफल राखेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
‘सत्तारूढ नेकपाबाहेक दलसँग सहकार्य गरेर अघि बढ्न सकिन्छ,’ शर्माले भने, ‘कांग्रेस-समाजवादी भोलि बैठक छ।’उपेन्द्र यादव नेतृत्वमा केपी शर्मा ओली सरकारमा रहेको समाजवादी पार्टी हालै सरकारबाट बाहिरिएको थियो।
केन्द्रीय परिषद् अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एक साताअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय सभामा गठबन्धन गरेर जाने प्रस्ताव गरेका थिए।
कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई दिने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए।बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई दिएको छ।
कांग्रेसमा उम्मेवार छान्ने संसदीय बोर्ड गठन नभएकोले पदाधिकारीलाई उक्त जिम्मेवारी दिइएको हो।