Tuesday, January 19, 2021
Home > mophosala > इराकमा गरिएको हवाइ हमालाको खामेनीले गरे विरोध, ट्रम्पलाई भने- तपाईं तार्किक हुनुहुन्न

इराकमा गरिएको हवाइ हमालाको खामेनीले गरे विरोध, ट्रम्पलाई भने- तपाईं तार्किक हुनुहुन्न

यजेन्सी । इराकमा एक लडाकू समूहको प्रदर्शनमा गत साताको अन्त्यमा भएको अमेरिकी हवाई आक्रमणको इरानका सर्वोच्च नेता आयातुल्ला अली खामानीले बुधवार आलोचना गरेका छन्।

खामेनीले अमेरिकी आक्रमणपछि पहिलोपटक प्रतिक्रिया दिँदै अमेरिकी आक्रमणको कडा शब्दमा विरोध गरेका हुन्।

‘इरानी सरकार, देश र म अमेरिकी गलत कार्यको कडा शब्दमा निन्दा गर्दर्छौँ,’ खामेनीले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा हसेद अल–शाबी एक समूहमाथि केही दिन पहिले भएको घातक अमेरिकी हमलाको उल्लेख गर्दै भने।

पश्चिमी इराकमा गरिएको एक आक्रमणमा उत्तरी इराकको एक सैन्य अड्डामा शुक्रवार एक अमेरिकी नागरिक ठेकेदारको मृत्यु भएको थियो।

बदलामा अमेरिकाले हवाइ आक्रमण गर्दा करिब २५ जनाको मृत्यु भएको थियो भने ५१ जना घाइते भएका थिए ।

यसको विरोधमा उत्रिएका इराकी नागरिकको एक समूहले बुधबार इराकस्थित अमेरिकी राजदूतावासमा आगजनीको प्रयास गरेको थियो।

बग्दादस्थित अमेरिकी दूतावासमा एक प्रदर्शनकारी समूहले आक्रमण गरेको र यस घटनामा इरानी सत्ताको घुसपैठ भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानमाथि आरोप लगाएका थिए।

अमेरिकी राष्ट्रपतिको ट्विटर सन्देशप्रति प्रतिक्रिया जनाउँदै खामेनीले भने, ‘ती व्यक्ति (राष्ट्रपति ट्रम्प) ले संयुक्त राज्य अमेरिकाले बग्दादमा भएको घटनाको लागि इरानलाई जिम्मेवार देख्ने बताएका छन् र भनेका छन् हामी इरानलाई जवाफ दिनेछौं।’

खामेनीले भने, ‘पहिलो, तपाईं केहि गर्न सक्नुहुन्न। दोस्रो, तपाईं तार्किक हुनुहुन्न, यदि तार्किक हुनहुन्थ्यो भने तपाईंले थाहा पाउनु भएको छ कि इराक, अफगानिस्तानमा तपाईंको अपराधले ती राष्ट्रहरुले तपाईंलाई घृणा गरेका छन्’ उनले ट्वीटमा भनेका छन्।

Leave a Reply