Saturday, January 16, 2021
Home > mophosala > वर्तमान पार्टी नेतृत्व विधि विधान अनुसार चल्न सकेनः नेता सिंह

वर्तमान पार्टी नेतृत्व विधि विधान अनुसार चल्न सकेनः नेता सिंह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा पूर्व प्रकाशमान सिंहले पार्टी विधि र विधानअनुसार चल्न नसकेको बताएका छन् । बिपी कोइराला स्मृति ट्रष्टले ४४औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले वर्तमान पार्टी नेतृत्व विधि विधान अनुसार चल्न नसकेको आरोप लगाए ।

नेता सिंहले अलोकतान्त्रिक तवरले हिँडेको पार्टी नेतृत्वलाई विधि, विधान, पद्दति र अनुशासनमा हिँडाउनका लागि आफूहरु लागि परेको बताए ।“पार्टीले बिपी कोइरालाले देखाएको बाटो बिराउँदै गइरहेको छ, पार्टी दुर्घटना हुनबाट जोगाउन सबै एकजुट हुनुपर्छ,”– उनले भने ।

पार्टीका नेता एवं पूर्वमन्त्री डा रामशरण महतले पार्टी अहिले दुर्भाग्यपूर्ण मोडमा आएको बताउनुभयो । “बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायका नेताको दर्शन, एकता र मेलमिलापको बाटोमा हिँड्न सबै एकजुट हुनुपर्छ,”– उनले भने ।

वरिष्ठ पत्रकार होमनाथ दाहालले मुलुक जोगाउनका लागि काँग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए । ट्रस्टका महासचिव एवं पूर्वसांसद रामचन्द्र पोखरेलले बिपी कोइरालाले देखाएको बाटोमा पार्टी हिँडेमात्र पार्टी बलियो हुने बताए ।

Leave a Reply