काठमाडौँ । गुरुङ समुदायले ल्होसार पर्व धुमधामका साथ मनाइरहेका छन् । सो समुदायको नयाँ वर्ष तथा प्रमूख चाड तमु ल्होसारका अवसरमा काठमाडौँको टुडिखेलमा गुरुङ समुदायले भव्य कार्यक्रम आयोजना गरेर तमु ल्होसार मनाइरहेका छन् ।
टुँडिखेलको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी लगायतको उपस्थिति रहेको छ । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी तथा बाजागाजासहित र्याली निकालिएको छ ।
यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको तमुल्होसार मूलआयोजक समितिका अध्यक्ष टेकबहादुर गुरुङले बताएका छन् ।
राताेपाटिबाट साभार