Monday, January 18, 2021
Home > mophosala > ओली सरकारबाट बाहिरियो समाजवादी पार्टी, उपप्रधानमन्त्री यादव र मन्त्री राईले दिए राजीनामा

ओली सरकारबाट बाहिरियो समाजवादी पार्टी, उपप्रधानमन्त्री यादव र मन्त्री राईले दिए राजीनामा

समाजवादी पार्टी नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएको छ।

उपप्रधान तथा कानून मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन्।

यादवले मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएका हुन्।

समाजवादी पार्टीबाटै शहरी विकास मन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि आजै राजीनामा दिएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले संविधान संशोधनको विषयमा प्रस्ताव राख्न खोजेका थिए। तर प्रधानमन्त्रीले उनको प्रस्ताव ठाडै अस्वीकार गरिदिए।

वर्तमान सरकार संविधान संशोधनका लागि तयार नभएको भन्दै उपप्रधानमन्त्री यादवले राजीनामा दिन लागेका हुन्।

समाजवादी पार्टीको संसदीय दलका प्रमुख सचेतक उमाशंकर अर्गरियाले पार्टी पदाधिकारीको अनौपचारिक बैठकले सरकारले छाड्ने निर्णय गरेकाले मन्त्रीहरूले आजै राजीनामा दिने बताए। यसको औपचारिक निर्णय गर्न समाजवादीको संसदीय दलको बैठक बसेको छ।

समाजवादी पार्टीका तर्फबाट पार्टी अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री एवम् कानुनमन्त्री छन् भने पार्टीका सचिव मोहम्मद इस्तिहाक राई सहरी विकास मन्त्री बनेका थिए।

सोमबारको मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री यादवले संविधान संशोधनका लागि सुझाव दिन विज्ञहरूको समूह गठन गर्न प्रस्ताव गरेका थिए।

यादवको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सिधै अस्वीकार गरेका थिए।

उपप्रधानमन्त्री यादवले बिहानमात्रै वर्तमान सरकार संविधान संशोधनका लागि तयार नभएकाले सरकारमा बस्ने/नबस्नेबारे छिट्टै निर्णय लिने सेतोपाटीलाई बताएका थिए।

२०७५ जेठमा तत्कालीन संघीय समाजवादी फोरम पार्टी सरकारमा सहभागी भएको थियो।

सरकारमा सहभागी हुने बेलामा नेकपा र फोरमबीचमा दुई बुँदे सहमति भएको थियो।

दुई बुँदे सहमतिको पहिलो बुँदामा आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने उल्लेख थियो भने दोस्रो बुँदामा फोरम सरकारमा सहभागी हुने उल्लेख थियो।

विगतमा भएको सहमतिकै आधारमा आफूले प्रस्ताव लगेको यादवले बताए।

मन्त्रिपरिषद् पुनर्गठन भएपछि प्रधानमन्त्रीले उनलाई गत मंसिर ४ गते कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए।

स्वास्थ्यबाट कानुनमा सरुवा हुँदा यादव भने भारत भ्रमणमा थिए। यादवलाई सरुवा गरेसँगै स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई भने प्रधानमन्त्रीले हटाइदिएका थिए।

अर्का नेता इस्तिहाक राईले सम्हालेको सहरी विकास मन्त्रालयमा भने आफ्ना सांसद रामवीर मानन्धरलाई प्रधानमन्त्रीले राज्यमन्त्री बनाएर पठाएका थिए।

कानुनमा सरुवा भएसँगै पार्टीभित्र पनि यादवलाई सरकारबाट हट्न सुझाव दिइएको थियो। यद्यपी समाजवादी पार्टीको मंसिर ७ मा बसेको पदाधिकारी बैठकले संविधान संशोधनका लागि पहल गर्ने र त्यसपछि प्रक्रिया अघि नबढेमा सरकारबाट बाहिरिने निर्णय गरेको थियो।

सरकारसँग वार्ता गर्न समिति गठन गरे पनि अहिलेसम्म वार्ता हुने सकेको छैन। बरु नेकपाले राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ मा राजपासँग तालमेल गर्‍यो, जसले समाजवादी पार्टीलाई थप दबाब पर्‍यो।

यस्तो थियो उपेन्द्र यादवले मन्त्रिपरिषदमा राख्न खोजेका प्रस्ताव:

सेताेपाटिबाट साभार

Leave a Reply