Friday, January 15, 2021
Home > mophosala > बसकाे ठक्करबाट घाईते पशुपति क्यामपसकि विद्यार्थीकाे उपचारकाेक्रममा मृतु

बसकाे ठक्करबाट घाईते पशुपति क्यामपसकि विद्यार्थीकाे उपचारकाेक्रममा मृतु

काठमान्डाै । काठमान्डाैकाे चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसकी विद्यार्थीलाई यात्रुवाहक बसले ठक्कर दिएपछि विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

सोमबार बिहान बा ४ ख ५९२० नम्बरको बसले बिबिएस पढ्दै गरेकी २१ वर्षीया सृष्टि पन्तलाई ठक्कर दिएको थियो। बाटोमा हिँडिरहेको बेला बसले ठक्कर दिएकी पन्त गम्भीर घाइते भएकी छन्।

ओम अस्पतालमा उपचारका क्रममा उनकाे मृतु भयकाे हाे । आफ्नी साथीलाई बसले ठक्कर दिएपछि विद्यार्थी आक्रोशित भएका छन्। उनीहरूले बा ४ ख ७१०१ नम्बरको बसमा आगो लगाइदिएका छन्।

‘ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विद्यार्थीले अहिले पनि प्रदर्शन गरिरहेका छन्,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिय ।

Leave a Reply