Tuesday, January 26, 2021
Home > mophosala > ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित

ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित

ट्रम्प अमेरिकी इतिहासमा महाअभियोग लगाइन लागेका तेश्रा राष्ट्रपति

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाउस अफ रिप्रिजेन्टेटिभ्स(तल्लो सदन)ले महाअभियोग लगाउने प्रस्ताव पारित गरेको छ।

योसँगै उनी अमेरिकी इतिहासमा महाअभियोग लगाइन लागेका तेस्रो राष्ट्रपति बनेका छन्।

तल्लो सदनले ट्रम्पलाई संसदको काम बाधा पुर्‍याएको र शक्तिको दुरूपयोग गरेको दुई आरोप लगाएको छ। यिनै दुई आरोपमा महाअभियोग लगाउन मिल्ने ठहर तल्लो सदनको छ।

ट्रम्प

ट्रम्पलाई महाअभियोग लगाउने कि नलगाउने भन्ने बारेमा भएको मतदानमा ट्रम्पको विपक्षमा २३० भोट खसेको थियो भने पक्षमा १९७ मत खसेको थियो। मतदानमा अधिकाशं डेमोक्रयाटहरूले ट्रम्पको विपक्षमा र रिपब्लिकनहरूले उनको पक्षमा मतदान गरेका थिए।

बुधवार दिउँसो तल्लो सदनका सदस्यहरूले महाभियोगको विषयमा ६ घन्टा लामो बहस गरेका थिए।

ट्रम्प अब राष्ट्रपति रहने वा नरहने भन्ने टुङ्गो माथिल्लो सदन (सिनेट)ले आगामी महिना लगाउनेछ। सिनेटको दुई तिहाइले महाअभियोग प्रस्ताव पारित गर्नुपर्नेछ। सिनेटमा ट्रम्पको रिपब्लिकन पार्टीका सदस्यहरूको बहुमत छ। त्यसैले ट्रम्प पदबाट हट्ने सम्भावना भने देखिँदैन।

राष्ट्रपतिले आफूविरुद्धको महाभियोगको प्रक्रियालाई ‘कु’को प्रयास भन्दै आइरहेका छन्।

Leave a Reply