Thursday, January 21, 2021
Home > mophosala > नेपाली कांग्रेसका नेता तथा दोस्रो संविधान सभाका सदस्य ढुंगेलको निधन

नेपाली कांग्रेसका नेता तथा दोस्रो संविधान सभाका सदस्य ढुंगेलको निधन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावसाली नेता तथा दाेस्राे संविधान सभाका सभासद रामेश्वर ढुंगेलको मंगलबार काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो ।

भक्तपुर जिल्ला निवासी ढुंगेलकाे निधनबाट नेपाली कांग्रेसलाई अपुरणीय क्षति भएको भक्तपुर कांग्रेसले जनाएको छ । नेपाल तरुण दल भक्तपुरले नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद ढुंगेलको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

तरुण दल भक्तपुरले ढुंगेलप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको जनाएको छ । नेपाली कांग्रेसका नेता स्व ढुंगेलको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिने र आर्यघाटमा अन्तिम श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply