Wednesday, January 27, 2021
Home > mophosala > कांग्रेसकाे वर्तमान अवस्था मध्यनजर गर्दै पौडेल पक्षधर तरूण दलले बाेलायाे विशेष भेला

कांग्रेसकाे वर्तमान अवस्था मध्यनजर गर्दै पौडेल पक्षधर तरूण दलले बाेलायाे विशेष भेला

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे प्रमुख भातृ संगठन तरूण दलले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर तरूण नेता-कार्यकर्ताहरुको विशेष भेला बोलाएको छ ।

कांग्रेस महामन्त्री शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा मंगलबार पौडेल पक्षधर नेता-कार्यकर्ताको विशेष भेला डाकिएको हो । भेलामा तरूण दल विवाद समाधानबारे रणनीति तय गरिने बताइएको छ ।

कांग्रेसको युवा भातृ संगठन तरूण दल लामो समयदेखि विवादको दलदलमा फस्दै आइरहेको छ । विवाद चर्किएपछि अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले एकअर्कालाई कारबाही गरेको घोषणासमेत गरेका थिए ।

आन्तरिक विवादका कारण तरुण दल केन्द्रीय कार्यसमितिको तीन वर्षे म्याद सकिएको छ । २०७३ मंसिर २ गते भागबण्डाका आधारमा तरुण दलको चार सदस्यीय कार्यसमिति घोषणा गरिएको थियो ।

जितजंग बस्नेतको अध्यक्षमा गठित कार्यसमितिको उपाध्यक्षमा उत्तम चापागाइँ, महासचिवमा भूपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरुङ छन् । तरुण दलको कार्यसमिति ९९ सदस्यीय हुनुपर्नेमा यही अपुरो कार्यसमितिले तीन वर्षे म्याद गुजारिसकेको छ ।

यद्यपि कार्यसमितिलाई ६ महिना म्याद थप्न पाउने अधिकार भएकाले अहिलेको कार्यसमिति नै यथावत रहेको तरुण नेताहरु बताउँछन् ।

Leave a Reply