Monday, January 25, 2021
Home > mophosala > कास्की–२ बाट निर्वाचित विद्या भट्टराई सांसदकाे सपथ दिउँसो १ बजे लिदै

कास्की–२ बाट निर्वाचित विद्या भट्टराई सांसदकाे सपथ दिउँसो १ बजे लिदै

काठमाडौँ । नेपाल कमनिष्ट पार्टि नेकपा बाट गत मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद विद्या भट्टराईले पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछिन् ।

सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्वाहाङ्फेले मङ्गलबार  दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।
सांसदहरुलाई सभामुखले सपथग्रहण गराउने प्रचलन भएपनि यतिखेर सभामुख नभएकाले भट्टराईलाई उपसभामुखबाट शपथ ग्रहण गराउन लागिएको हो ।
संविधानको धारा ९१ को चारमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभामुखले गर्ने उल्लेख छ । तर संविधानमा कार्यवाहक सभामुखको व्यवस्था कहीँ कतै छैन । सोही धारालाई टेकेर उपसभामुख तुम्वाहाङ्फेले सभामुखको हैसियतमा शपथ ग्रहण गराउन लागिएको हो ।

Leave a Reply