Sunday, January 24, 2021
Home > mophosala > नेकपाको स्थायी कमिटीको बैठक जारी प्रचण्डको प्रतिवेदन माथि छलफल

नेकपाको स्थायी कमिटीको बैठक जारी प्रचण्डको प्रतिवेदन माथि छलफल

काठमाडौं । सत्तारुड दल  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक जारी छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन लगायत विषयमा छलफल भइरहेको छ ।

आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा सरकार र पार्टीका कामलाई प्रभावकारी बनाउनुपर्ने, आगामी कार्ययोजनालगायत विषय उल्लेख छ ।

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् । बैठकमा राजनीतिक प्रतिवेदनसँगै विधान संशोधन, नेपाल भारत सीमा समस्या र आगामी केन्द्रीय कमिटी बैठकलगायत कार्यसूची निर्धारण गरिएको छ ।

Leave a Reply