Wednesday, January 27, 2021
Home > mophosala > कालिकोट कांग्रेस संगठन विस्तारमा: स्थानिय तहमा नवप्रवेशिलाई स्वागत गर्दै

कालिकोट कांग्रेस संगठन विस्तारमा: स्थानिय तहमा नवप्रवेशिलाई स्वागत गर्दै

कालिकोट । विगतका निर्वाचन परिणामहरुलाई लियर कालिकोट कांग्रेसले जिल्लाका सम्पुण स्थानिय तहहरुमा विविध कार्यक्रम गर्दै आईरहेको छ ।

२०६४ देखि अहिले सम्मका निर्वाचनहरुमा कालिकोट कांग्रेस सांगुरो अवस्थामा रहेको दृष्यलाई मध्यनजर गर्दै हाल जिल्लाका नेता कार्यक्रता सक्रिय भयर जनतामाझ अभियानै चलायर हिनिरहेका छन् ।

गाउंअभियान र जनता जगाउदै हिनेको कांग्रेसमा विभिन्न स्थानहरुबाट अरु पार्टि परित्यागगरि कांग्रेसमा प्रवेश हुनेको लहरै चलेको प्रदेश “ख” का सभापति दमन शाहीले पलपलखवरलाई वताय।

यसैक्रममा कालिकोट कांग्रेसले जिल्लाका सम्पुण स्थानहरुमा संगठन विस्तार गर्दै नवप्रवेशिहरुलाई विभिन्न भुमिकामा समावेस गराउदै गयको छ। नव प्रवेशिलाई नेपाली कांग्रेसको सदस्ता वितरण गर्दै आयको छ।

संगठन विस्तार र सुद्रिढका लागि नेताहरु लागिपरेको र आगामि निर्वाचनलाई लक्षित गर्दै गाउंगाउंमा आफ्नो प्रभाव जमाउंदै जनजागरण अभियान नै चलायर जिल्लामा कांग्रेस बलियो वनाउने लक्ष्य बनाउदै नेता कार्यकर्ता लागिपरेका छन् ।

कालिकोटे जनतालाई आफ्नो पक्ष्यमा उभाउन संचालित कार्यक्रममा पार्टी प्रवेश गर्नेहरुको लर्को छ उक्त प्रवेश कार्यक्रममा प्रदेश “ख” का सभापति दमन शाही जिल्ला सचीव द्वय नन्द सिंघ,यसोदा शाही,नेता हिक्मत बिस्ट,मातृका सिंह, मनराज शाही लगायत नेता कार्यकर्ता को उपस्थित रहेको थियो।

आज नेपाली कांग्रेसको पार्टि कार्यालय मान्ममा एक कार्यक्रम गर्दै महाबै गा.पा का नेकपा नेता अक्कल सिंह लाई कांग्रेसको सदस्यता दिदै प्रवेश गराईयको पार्टिका एक नेताले जनाय ।

Leave a Reply