सरकारले सस्तैमा सुम्प्यो गोकर्ण रिसोर्ट
आज मंसिर २८ गते शनिबार प्रकाशित विभिन्न राष्ट्रिय दैनिकले केही दिन यता परेको हिमपातले दैनिक जीवनमा परेको समस्या एवं नेपाली कांग्रेसमा महाधिवेशनलाई लिएर गुटगत विवाद चर्किएको विषयलाई समाचार बनाएका छन् । त्यसैगरी सरकारी कर्मचारीबाट हुँदै आएको भ्रष्टाचार र अनियमितताका विषयलाई पनि आजका पत्रपत्रिकाले विशेष प्राथमिकता दिएर प्रकाशित गरेका छन् ।
निजामती सेवामा नासु तल्लो पद हो । तर, सेवा प्रवाहमा नासुको जिम्मेवारी अग्रपंक्तिमा रहन्छ । सरुवा भइरहने उपल्लो तहका हाकिमले हत्तपत्त सरुवा नहुने नासुसँग कामको सहजताका लागि पनि विश्वासमा लिन चाहन्छन् । आमसेवाग्राही र हाकिमबीच सम्पर्क सेतुको भूमिकामा पनि नासु नै हुन्छ ।
सरकारले सस्तैमा सुम्प्यो गोकर्ण रिसोर्ट
कान्तिपुर दैनिकका अनुसार सरकारले गोकर्ण फरेस्ट रिसोर्ट, त्यहाँ रहेको गल्फ कोर्स र जंगल क्षेत्र निकै सस्तो दरमा थप २५ वर्षका लागि फेरि यति होल्डिङ्स प्रालिलाई नै दिएको छ । सरकारी स्वामित्वको उक्त सम्पत्ति प्रयोगबारे पुरानो सम्झौताको म्याद सकिनु ६ वर्ष बाँकी छँदै यतिलाई समय थपिएको हो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको नेपाल ट्रस्ट सञ्चालक समितिको सिफारिसमा गत सोमबार मन्त्रिपरिषद् बैठकले समय थप्ने निर्ण गरेको हो । मन्त्रिपरिषद्ले गरेका अन्य निर्णयहरु गत बिहीबार सार्वजनिक गरिए पनि यसबारे खुलाइएको छैन । कोकर्णश्वर नगरपालिकामा पर्ने, भन्डै २८ सय रोपनीमा फैलिएको उक्त रिसोर्ट र गल्फ कोर्सका निम्ति यतिले प्रतिरोपनी ५६४ रुपैयाँ मात्र मासिक भाडा तिर्दै आएको छ । यति होल्डिङ्स गत ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका व्यवसायी आङछिरिङ शेर्पाले अगाडि बढाएको कम्पनी हो । यतिलाई सत्तारुढ नेकपाका केही नेताले संरक्षण गर्ने गरेको आरोप लाग्दै आएको छ ।
देउवा र पौडल आ–आफ्नै रणनीतिमा
उता अन्नपूर्ण पोस्टले कांग्रेस महाधिवेशनलाई लिएर गुटगत विवादमा चर्किको समाचारलाई प्राथमिकताका साथ छापेको छ । समाचारका अनुसार संस्थागत र असन्तुष्ट समूह रणनीति बनाउन शुक्रबार गटगत भेलामा व्यस्त थिए । असन्तुष्ट पक्षले बहिष्कार गरे पनि बिहीबारको केन्द्रीय कार्यसमिति बैठठकमा सभापति शेरबहादुर देउवाले प्रस्ताव पेस गरेका थिए ।
सभापति देउवा निवास बूढानिलकण्डमा शुक्रबार उनीनिकट नेताहरुको बैठक गरे । वरिष्ट नेता रामचन्द्र पौडेल समूहको बैठक नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बस्यो । यसरी दुवै नेताले आ–आफ्ना गुटको बैठक बसेर निर्णयसमेत गरेको समाचारमा उल्लेख छ ।
यही विषयलाई कान्तिपुरले पनि ‘किन बल्झिरहन्छ विवाद ?’ शीर्षकमा समाचार लेख्दै कांग्रेसमा अहिले देखिएको विवाद आसन्न महाधिवेशनबाट को नेतृत्वमा आउने भन्नेमा केन्द्रित भएको तर बारम्बार विवाद उठ्नुका पछाडि भने पार्टी सामूहिक वा एकल नेतृत्वबाट चलाउने भन्ने द्विविधा प्रमुख कारण भएको उल्लेख गरेको छ ।
हिमपातको सकस
नागरिक दैनिकले ‘हिमपातले कतै सकस कतै खुसी’ शीर्षकमा तस्बिरसहितको मुख्य समाचार प्रकाशित गरेको छ । हिमपातले चिसो बढेर जनजीवन प्रभावित भएपनि किसान भने बाली सप्रिने भन्दै हर्षित भएको समाचारमा उल्लेख छ । हिमपातले हिमाली जिल्लामा हवाईसेवा अवरुद्ध हुनुका साथै कतैकतै वार्षिक परीक्षासमेत स्थगित भएको छ ।
बिहीबार हिउँ परेको मनाङमा बेलुकी केही रोकिए पनि शुक्रबार बिहानदेखि फेरी हिमपात सुरु भएको छ । मुस्ताङमा पनि शुक्रबार बिहानैदेखि हिमपात भएको छ । हिमपात यो सिजनको पहिलो हो । हिमपातले मुस्ताङमा पर्यटन गतिविधि ठप्प भएको छ । गाडी चलाउनसमेत समस्या भएको छ । मुस्ताङमा हवाईसेवा अवरुद्ध भएको छ ।
त्यस्तै अन्नपूर्ण पोस्ट्ले पनि ‘हिउँ प¥यो भुरुरु’ शीर्षकमा तस्बिरसहितको मुख्य समाचार प्रकाशित गरेको छ । समाचारमा पहाडी तथा हिमाली क्षेत्रमा शुक्रबार हिउँ परेपपिछ जनजीवन कष्टकर बनेको उल्लेख छ ।
राताेपाटिबाट