एजेन्सि । बेलायतमा भएको आम निर्वाचनले कन्जर्भेटिव पार्टी एक पटक पुनः सत्तामा फर्कने अनुमान गरिएको छ । बिहिबार स्थानीय समयानुसार बिहान ७ बजेदेखि राती १० बजेसम्म मतदान गरिएको थियो ।
मतदान समाप्त भएलगत्तै बीबीसी–स्काई–आइटीवीका लागि गरिएका एक्जिट पोल (मत सर्वेक्षण) सार्वजनिक भए । यो एक्जिट पोलमा बोरिस जोनसोनको कन्जर्भेटिभ पार्टीले पूर्ण बहुमत पाइरहेको देख्न सकिन्छ ।
उक्त सर्वेक्षणले ब्रेक्जिट पार्टीले कुनै पनि सिट नजित्ने र ग्रिन पार्टीले एउटा सिट जित्न सक्ने देखाएको छ । कन्जर्भेटिभ पार्टीलाई सन् २०१७ मा सम्पन्न चुनावमा आएको नतिजाभन्दा ५० सिटको फाइदा भइरहेको देख्न सकिन्छ । सरकार बनाउनका लागि कुनै पनि पार्टीलाई ३ सय २६ सांसदको समर्थन चाहिन्छ ।
आफ्नो पहिलो प्रतिक्रियामा प्रधानमन्त्री बोरिस जोनसनले ट्वीट गरे, ‘हाम्रो महान देशका तपाईंहरु सबैलाई धन्यवाद जसले भोट हाल्नुभयो, पार्टीका लागि काम गर्नुभयो, पार्टीको उम्मेद्वार बन्नुभयो । हामी संसारको सबैभन्दा महान लोकतन्त्रमा बस्छौं ।’
यस्तै लेबर पार्टीका स्याडो चान्सलर जोन मेकडोनलले भने, ‘यदि यो एक्जिट पोल सही हो भने यो निकै निराशाजनक हुनेछ । हो, मैले सोचेको थिएँ कि प्रतिस्पर्धा निकै कडा हुनेछ । धेरैजसो मानिसले दुई पार्टीको अन्तर निकै कम भइरहेको सोचेका थिए ।’
यदि नतिजा एक्जिट पोल अनुसार आए यो सन् १९८७ पछिको कन्जर्भेटिव पार्टीको सबैभन्दा ठूलो जित हुनेछ । र लेबर पार्टीका लागि सन् १९३५ पछिको सबैभन्दा कमजोर पराजय हुनेछ । लेबरहरुले यस चुनावमा ७१ सिट गुमाउने देखिएको छ ।
Sorry @daneacross this is one mans fault. His campaign, his manifesto, his leadership. @jeremycorbyn https://twitter.com/daneacross/status/1205250286362808321 …
dane cross@daneacross@Siobhain_Mc this is all your fault and others like you who couldn’t compromise on no Brexit. We could have customs and single market but no you couldn’t compromise. Hope you happy…hard brexit is your fault.
एक्जिट पोलको नतिजा सार्वजनिक हुने बित्तिकै ट्वीटरमा ३ऋयचदथलइगत ट्रेन्ड हुन थालेको छ । लेबर पार्टीका एक उम्मेद्वार सियोभान म्याकडोनाले कोर्बिनमाथि कटाक्ष गर्दै ट्वीट गरे, ‘यो एक व्यक्तिको गल्तीका कारण भएको हो । उनको चुनाव प्रचार, उनको मेनिफेस्टो र उनको नेतृत्व ।’
एक्जिट पोलमा कन्जर्भेटिव पार्टीले बहुमत पाएको देखिएपछि बेलायती मुद्रा पाउन्डमा पनि वृद्धि भएको छ ।
यो पाँच वर्षभन्दा कम समयमा बेलायतमा भएको तेस्रो आम निर्वाचन हो ।
पछिल्ला दुई चुनाव सन् २०१५ र २०१७ मा भएको थियो । युकेको इतिहासमा झण्डै एक सय वर्षमा पहिलोपटक डिसेम्बर महिनामा आम निर्वाचन भएको हो ।
बिहिबार मतदान सुरु भएलगत्तै प्रधानमन्त्री बोरिस जोनसन, लेबर पार्टीका नेता जेरेमी कोर्बिन, लिबरल डेमोक्रेटिक पार्टीका नेता जो स्विनसन, एसएनपीकी नेता निकोला स्टारजियोनले मतदान केन्द्रमा गएर आ–आफ्ना भोट हाले । तर ब्रेक्जिट पार्टीका नेता निजेल फराजले भोट हाल्नका लागि पोस्टल ब्यालेट प्रयोग गरे ।
Photo: GETTY IMAGES
नतिजामा ब्रेग्जिटको कस्तो असर होला ?
यस चुनावमा बोरिश जोनशनले आफूले बहुमत पाएमा सन् २०२० को ३१ जनवरीभित्र यूकेलाई ईयुबाट बर्हिगमन गराउने बाचा गरेका थिए।
उनका मुख्य प्रतिस्पर्धी लेबर नेता जेरेमी कोर्बिनले चाहिँ ईयूमै रहने कि नयाँ सम्झौतामार्फत् बाहिरिने भन्ने विकल्प अर्को जनमत सङ्ग्रहमार्फत् दिने बताएका थिए ।
गृहमन्त्री प्रीति पटेलले नयाँ सरकार ब्रेग्जिट लागू गर्नका लागि तीब्र रुपमा कदम उठाउने बताएकी छिन् । उनका अनुसार क्रिसमस अघि नै संसदले बिल पेश गर्नेछ ।
कति भरपर्दा हुन्छन् एक्जिट पोलहरू ?
पछिल्ला वर्षमा एक्जिट पोलका नतिजाहरू निकै मिलेका पाइएका छन् ।
सन् २०१७ मा त्यसले चुनावमा कसैले पूर्ण बहुमत ल्याउन नसक्ने प्रक्षेपण गरेको थियो ।
सन् २०१५ मा कन्जर्भेटिभहरू सबैभन्दा ठूलो दल हुने नतिजा देखा परेको थियो ।
एक्जिट पोलका क्रममा मत हालेर निस्किएका मानिसहरूलाई नमुना मतपत्र भर्न दिइएको थियो ।
१४४ मतदान केन्द्रमा झण्डै २३ हजारजनासँग अन्तर्वार्ता गरेर त्यस्तो मत सर्वेक्षण गरिएको थियो ।